अपडेट 
२०७८ जेष्ठ १६, आईतवार १२:०६

भारतमा कोरोना संक्रमितको संख्या लगातार कम हुँदै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा यहाँ एक लाख ६५ हजार १४४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आयो । यो आँकडा पछिल्लो ४७ दिनको सबैभन्दा कम हो । यसअघि १२ अप्रिलमा एक लाख ६० हजार ८५४ संक्रमित भेटिएका थिए । यद्यपि, यहाँ मृत्युको आँकडा अहिले पनि चिन्ताको विषय बनेको छ । पछिल्लो २४ घण्टामा ३,४६३ जनाको कोरोनाका कारण मृत्यु भयो । यस्तै, पछिल्लो २४ घण्टामा २ लाख ६४ हजार ३४२ जनाले कोरोनालाई जितेका छन् । मृत्युको बढ्दो आँकडाबीच निको हुनेको संख्यामा वृद्धि हुँदा मानिसहरुमा आशा पलाएको छ । पछिल्ला थुप्रै दिनदेखि भारतमा औसतमा २ लाख जना दैनिक निको भइरहेका छन् । पछिल्लो १० दिनको कुरा गर्ने हो भने भारतमा २७.४० लाख मानिसहरुले कोरोनालाई मात दिए । यसैकारण सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या लगातार घटिरहेको छ ।

Comment


Related News

Latest News

Trending News