२०७८ जेष्ठ १७, सोमबार ०८:१५

प्रदेश सांसदले स्वास्थ्य चौकीको एम्बुलेन्स एक वर्ष देखि व्यक्तिगत कार्यमा प्रयोग गरेको पाइएको छ । जनता समाजवादी पार्टीका प्रदेश सांसद डा. रीना यादव पोखरभिण्डा स्वास्थ्य चौकी, सम्सी महोतरीको एम्बुलेन्स एक वर्ष देखि व्यक्तिगत काममा प्रयोग गरेको पाइएको हो ।

भारतीय राजदुताबासबाट एक वर्ष अगाडी सहयोगमा प्राप्त एम्बुलेन्स प्रदेश सांसद यादवले स्वास्थ्य चौकीलाई हस्थान्तरण नगरी व्यक्तिगत काममा प्रयोग गरिरहेको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत मोहिबुल अन्सारीले बताए । स्वास्थ्य चौकीको पत्र लिएर दुताबासबाट स्वास्थ्य चोकीकालागि प्रदेश सांसद यादवले बुझेको एम्बुलेस व्यक्तिगत काममा प्रयोग गर्दै आएको उनले बताए । जिल्ला प्रशासन कार्यालय महोतरीको नियमित बैठकबाट कोभिड महामारि नियन्त्रण ताथ रोकथामकलागि कोभिडका विरामिलाई अस्पताल ल्याउन एम्बुलेन्स छुट्याउने निर्णय गरेपछि प्रदेश सांसदले व्यक्तिगत कार्यमा प्रयोग गर्दै आएको एम्बुलेन्स गाउँपालिकामा बुझाउन पत्राचार गरेको अन्सारीले बताए । स्वास्थ्य चौकीको एमबुलेन्स गाउँपालिकालाई बुझाउन मौखिक र लिखित रुपमा पटक पटक जानकारी गराएपनि प्रदेश सांसदले अटेर गर्दै आएको सम्सी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । भारतीय दुतावासबाट स्वास्थ्य चौकीकालागि बुझेको एम्बुलेन्स पटक पटक माग्दा पनि बुझाउनु भएन, प्रमुख प्रसाशकीय अधिकृत अन्सारीले भने,‘स्वास्थ्य चौकीको लागि दुतावासबाट ल्याएको एम्बुलेन्स प्रदेश सांसदले दुरुपयोग गरेका छन् ।

एम्बुलेन्स गाउपालिकामा उपलब्ध गराउन लिखित रुपमै पनि आग्रह गरेको छु ।’ केहि दिनमा स्वासथ्य चौकीलाई उम्बुलेन बुझाउने भनिएपनि सांसद यादवले फोन उठाउन छोडेको अन्सारीले बताए । एम्बुलेन्स बारे प्रतिक्रिया लिन पटक पटक फोन गर्दा सांसद यादवको मोवाइल उठेन । सम्सी गाउपालिकाले कोभिड अस्पताल सुरु गरेपनि एम्बुलेन्स नहुदा प्राथमिक स्वासथ्य केन्द्रको एम्बुलेन्स प्रयोग गर्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News