२०७८ जेष्ठ १८, मंगलवार ०८:०४

बर्दिबास । जनता समाजवादी पार्टी नेपालका प्रदेश सांसद डा.रीना यादवले सम्सी गाउँपालिकालाई एम्बुलेन्स बुझाएकी छन् ।

पोखरभिण्डा स्वास्थ्य चौकी, सम्सी महोतरीका लागि भारतीय राजदुताबासबाट सहयोगमा प्राप्त एम्बुलेन्स प्रदेश सांसद यादवले सोमबार सम्सी गाउँपालिकालाई बुझाएकी हुन् । भारतीय राजदुताबासबाट एक वर्ष अगाडी सहयोगमा प्राप्त भएपनि पोखरभिण्डा स्वास्थ्य चौकीको भवन हस्तान्तरण नभएका कारण एम्बुलेन्स बुझाउन ढिलाइ भएपनि तदर्थ समिति गठन गरी एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको यादवले बताइन् । सम्सी गाउँपालिकाले समयमा कागजी प्रक्रिया पुरा नगर्दा गाउँपालिकाको फोन उठाउन छोडेको समेत उनले बताइन् । ग्रामीण क्षेत्रको स्वास्थ्य सेवामा सहयोगका लागि दुताबासमा पहल गरी एम्बुलेन्स ल्याएको बताउदै सांसद यादवले एम्बुलेन्समा आफनो व्यक्तिगत कुनै स्वार्थ नरहेको बताइन् ।



Comment


Related News

Latest News

Trending News