२०७८ जेष्ठ १९, बुधबार ०७:५४

कोरोना महामारीको पहिलो लहर अन्तर्गत गरिएको लकडाउनमा स्थानीय तथा प्रदेश सरकारले गरिव विपन्न लगायतलाई राहत वितरण गरेको थियो । तर कोरोनाको दोस्रो महामारी नियन्त्रण गर्न गरिएको निषेधाज्ञाले क्रमिक रुपमा बढ्दै गएपनि दैनिक ज्यालामजदुरी गरेर घरपरिवारको दैनिक गुजारा गर्ने गरिव विपन्न परिवारमा अझै राहत पुग्न सकेको छैन् । प्रदेश सरकारले कोरोना संक्रमितको स्वास्थ्य उपचारमा मात्रै केन्द्रित देखिएका छन् भने स्थानीय तहहरु अझै संघीय र प्रदेश सरकारको पर्खाईमा छन् ।

निषेधाज्ञाको समय अनिश्चित ुदै गएपछि दैनिक मजदुरी गरेर घरपरिवार चलाउनेहरु यति वेला सास्तीमा परेका छन् । उनीहरुलाई यतिवेला दैनिक गुजारा गर्न धौ धौ परेको छ । यस्तो वेलामा उनीहरुको सहारा बनेको केहि समाजिक संस्थाहरु । मिथिलावाईड ट्रष्ट र आवर सेन्सर नेपालले निषेधाज्ञाको कारण आर्थिक संकटमा परेका जनकपुर उप –महानगरपालिका –१ धर्मवान मुसहरी टोलका अतिविपन्न ११ घरपरिवार र वडा न. १२ एअरपोर्ट नजिक बस्दै आइरहेका अति विपन्न ११ परिवार गरि जम्मा २२ घरधुरिमा राहत समाग्री वितरण गरेको छ । महामारीको बेला बिहान बेलुकाको छाक टार्नको लागि राहत वितरण गरिएको आवर संसार नेपालका कार्यक्रम संयोजक सरोज कुमार यादवले बताए । यादवका अनुसार प्रदेश २ को ८ वटै जिल्लामा उच्चजोखिममा रहेको घरपरिवारलाई स्थानिय १ घरपरिवार र वडा न. १२ एअरपोर्ट नजिक बस्दै आइरहेका अति विपन्न ११ परिवार गरि जम्मा २२ घरधुरिमा राहत समाग्री वितरण गरेको छ ।

महामारीको बेला बिहान बेलुकाको छाक टार्नको लागि राहत वितरण गरिएको आवर संसार नेपालका कार्यक्रम संयोजक सरोज कुमार यादवले बताए । यादवका अनुसार प्रदेश २ को ८ वटै जिल्लामा उच्चजोखिममा रहेको घरपरिवारलाई स्थानिय युवा, सहयोगी स्वयंसेवक ,समाजिक अभियन्ता, पत्रकार, प्रहरी तथा स्थानिय जनप्रतिनिधिहरुको समन्वय र सहयोगमा राहत खाधान्न सामग्री वितरण भैरहेको छ । त्यसैगरि, ईस्लामिक फाउण्डेशन जनकपुरधाम लादोवेलाले अतिविपन्न गरिव ५५ परिवारमा राहत वितरण गरेको छ । प्रत्येक परिवारलाई १० किलो चामल, तीन किलो गहुँको पिठो, १ किलो प्याज, १ लिटर खाने तेल,तीन आलु, नुन १ किलो, साबुन, मास्कलगायतको समाग्री वितरण गरेको छ । ईस्लामि फाउण्डेशनका सदस्य तथा युवा नेता अजिज राईनले जानकारी दिए । निषेधाज्ञाका कारण आर्थिक अवस्था दैनिय बनेका अतिविपन्न परिवारलाई राहत वितरण गरिएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News