अपडेट 
२०७८ जेष्ठ १९, बुधबार १३:४८

पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण ३ हजार २०७ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सो अवधिमा भारतमा कोरोनाका १ लाख ३२ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ८३ लाख ७ हजार नाघेको छ । अहिलेसम्म कोरोना संक्रमणको कारण ३ लाख ३५ हजार १०२ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा २६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने केरलामा १९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । महाराष्ट्र तथा कर्नाटकमा नयाँ संक्रमितको संख्या १४ हजारभन्दा धेरै छ । अहिलेसम्म भारतमा २१ करोड ८५ लाख ४६ हजारडोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई लगाइएको छ ।

Comment


Related News

Latest News

Trending News