२०७८ जेष्ठ २०, बिहीबार ०७:२६

क्यान्सर रोगवाट पीडित महोत्तरीको अलिपट्टि हाल जनकपुर उप– महानगरपालिका–७ बस्ने शम्भु मिश्रलाई लोक कल्याणकारी प्रतिष्ठानले ७५ हजार रुपैयाँ सहयोग गरेको छ ।

वडा न.७ मा भाडामा बस्दै आएका मिश्रलाई खुट्टामा क्यान्सर भए पछि प्रतिष्ठानका अध्यक्ष मनोज चौधरीको पहलमा कतार शाखाले पठाएको रकम बुधबार एक कार्यक्रम विच हस्तान्तरण गरिएको छ । बुधबार आयोजित कार्यक्रममा जनकपुरधाम उप– महानगरपालिकाका मेयर लाल किशोर साहको प्रमुख आतिथ्य, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ लगायतले संयुक्त रुपमा सो रकम हस्तान्तरण गरेका थिए । मिश्र भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गराई रहेका छन् । मेयर साहले पैसाकै कारण उपचार नरुक्ने बचनवद्धता प्रकट गरेका थिए । उनले भने–‘ आर्थिक कमीकै कारण उपचारवाट बञ्चित हुनु पर्ने अवस्था नरहने आफुवाट हुन सक्ने सहयोग गछौं ।’ उनले कोरोना भाइरसको महामारी दिनप्रतिदिन भयावह हुँदै गई रहेका कारण क्यान्सर पीडितहरुलाई थप सचेत हुन आग्रह गरेका थिए । कार्यक्रममा जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष महासेठले सरकारी स्तरवाट पनि क्यान्सर पीडितहरुकोलागि सहुलियत रहेको भन्दै आफुवाट सक्दो सहयोग गर्ने बताएका थिए ।



सोहि अवसरमा प्रतिष्ठानका अध्यक्ष तथा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य मनोज चौधरीले आफुले सकेको सहयोग गर्र्यौ र सहयोगी हातहरुलाई सहयोग गर्नका लागि अपिल समेत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News