अपडेट 
२०७८ जेष्ठ २०, बिहीबार ०७:३५

रवारमा मात्र होइन, समाज र देशनिर्माणमा समेत स्त्री–पुरूसको समान सहभागिता हुनु पर्दछ । पहिलेको पितृसतात्मक परिवारमा घरको कामकाज महिलाले गर्ने तथा घरबाहिरका खेतीपाती तथा गाईबस्तु हेरचाह लगायत बर–व्यापार गर्ने जिम्मा पुरूषको हुने गर्दथ्यो । तर आजको समयले पल्टा खाएको छ । शिक्षाको विकासले गर्दा मानिसहरू जागृत हुँदै आएका छन् । उनीहरू आ–आफ्ना अधिकार माग्न थालेका छन् । महिलाहरूपनि घरको कामबाट बाहिर निस्केर हरेक काममा भाग लिन लागेका छन् । यस्ता बराबरको सहभागिताले गर्दा मान्छेको जीवनमा निकै सुधार आएको रहेछ । बास्तवमा हुनु पनि पर्छ । कुन यस्तो काम छैन जसलाई पुरुषले मात्र गर्न सक्छ र महिलाले गर्न सक्दैन । अहिले देशको हरेक क्षेत्रमा महिलाहरू पुरूषको प्रतिस्पर्धामा आउन थालेका छन् । यसलाई परिवार, समाज तथा राष्ट्रका लागि एउटा निकै सकारात्मक पक्षको रूपमा स्वीकार्नु पर्ने हुन्छ । स्कूल तथा कलेजहरू जस्ता हरेक शैक्षिक संस्थामा केटा– केटीको बीचको प्रतिस्पर्धा देखेर अनुमान गर्न सकिन्छ कि केही दिन भित्रै सबै क्षेत्रमा स्त्री–पुरूषको अनुपात समान हुनेछ । केटीलाई हेप्ने तथा प्रतारित गर्ने प्रवृतिमा कमी आउने छ । यसकालागि सबै तर्फबाट पाएको सहयोगलाई नकार्न सकिँदैन । केही दिन पहिले यस लेखका लेखक आफै जनकपुरधाम तथा ग्रामिण क्षेत्रका केही विद्यालय तथा कलेजहरुमा अवलोकन गर्दा केटा सरह केटीको उपस्थितिले अचम्भित पारेको छ ।

यसरी केटा सरह केटीको सख्ंयामा वृद्धि हुनु एउटा शुभ संकेतको रूपमा लिनु पर्दछ । खास गरि विज्ञान तथा प्राविधिक कक्षाहरुका साथै बोर्डिङ्गमा समेत अहिले पनि केटीको संख्या केटा भन्दा कम रहेका छन् । मानविकी, शिक्षा तथा बाणिज्य जस्ता बिषयहरुमा केटीको संख्यानै बढी देखियो । यति हुँदा हुँदै महिलाहरू समाजका सक्रिय सदस्यको रूपमा काम गर्न सकेका छैनन् । हाम्रो परम्पराले गर्दा महिलाहरूलाई कतिपय ठाउँमा अहिले पनि घरभित्रका एउटा बस्तुको रूपमा प्रयोग गर्न छाडेका छैनन् । यस्ता समाज शिक्षा तथा चेतनाका कुराहरूमा निकै पछाडि परेको देखियो । जहाँका समाज बढी शिक्षित तथा चेतनशील छन् , त्यहाँ महिलाको उत्थानमा बढी सहयोग भटेका छन् । जे होस् महिला–पुरूष समान शिक्षा तथा तालिमबाट शिक्षित तथा दीक्षित हुनु राम्रो मानिए पनि पाश्चिमी संस्कृतिबाट आएका छाडापनलाई रोक्नु उतिकै आवश्यक रहेको देखिन्छ । अहिले केटाकेटीका व्यवहार हेर्दा कुन संस्कृतिबाट पालिएर को आएका छन् चिन्न निकै गाह्रो भयो । केटाकेटीहरू पनि पुर्णरूपेण पश्चिमी सभ्यताको नक्कल गर्न थालेका छन् । उनीहरू पनि विवाह भन्दा आगावै यौन सम्बन्ध तथा गर्भधारणका कुरालाई सामान्य रूपमा लिन थालेका छन् । बाँयफ्रेन्ड तथा गर्लफ्रेन्डको सम्बन्ध तथा लिभिङ्ग टुगेदर जस्ता कुराहरूले यसलाई प्रमाणित गर्दैन र ? यस्ता उदाङ्गो व्यवहारमा केटाको दोष दिएर मात्र हुँदैन केटी पनि उतिकै दोषी रहेकी छिन । यस्ता व्यवहारलाई उकास्न अभिभावकको पनि उतिकै भुमिका रहेको छ । यस्ता काममा को कसबाट कम–अधिक दोषी रहेछन् छुट्याउन निकै गाह्रो रहेको देखियो । लेखकले यहाँ केही सत्य घटनाहरूको विवरण पाठकवर्गका समक्ष राख्न चाहन्छ । यस घटनाका पात्रहरूलाई गोप्य राखिएका छन । मेरो छरछिमेकीमा एक जना यस्ता परिवार थियो जसमा महिलाबाट पुरूष निकै बढी प्रताडित थियो । वहाँको परिवारमा आमा–बाबु, छोरा–छोरी मिलाएर जम्मा सात जनाको परिवार थिए ।

आमालाई भाई नभएर माइती अर्थात आमाको घरमा नै घरज्वाई भएर बस्नु प¥यो । गाउँलेहरूले उसलाई साह्रै बदमास महिलाको रूपमा हेर्थे । उसको व्यवहार देखेर सबैलाई घृणा लाग्दथियो । उनको पति निकै भलाद् मी तथा एउटा काठको काम गर्ने सिकर्मी (काष्टकार) थिए । जे जस्तो भलाद्मी भएपनि पत्नीको लागि साह्रै नराम्रो मान्छे थियो । दुबैको बिचमा बरोबर झै– झगडा चलिरहन्थ्यो । झगडा हुँदा पत्नीले आफ्ना पतिलाई नराम्रो ढंगले पीटपाट गर्नु सामान्य कुरा भैसकेको थियो । हातपात गरेर लट्ठी तथा हँसियाको प्रयोग गरी कति दिन त काटिएको घाउ समेत परेको देख्दा मानिसहरू त्यस महिलासँग घृर्णा गर्न थाले । तर महिला भएको नाताले उसको पति तथा नातेदारहरू समेत कसैलाई भन्न जादैन्थे । गाउँ घरमा मैथिलीमा एउटा भनाइ छ कि ‘अप्पन हारल तथा बहुके मारल’ जस्ता घटनालाई खुल्ला गर्दा आफ्नै इज्जत प्रतिष्ठामा आँच पर्ने हुनाले भित्रभित्रै पचाउने काम गर्नु बाहेक अन्य बिकल्प थिएन । उ कष्टकार पनि यस्तै गरेका थिए । अर्कोतिर एउटा पुरूषको प्रत्यक्ष घटनालाई यहाँ राख्न चाहन्छु । एउटा पति जो एकदम मूर्ख तथा गवाँर थिए तथा उसकी पत्नी अलि उभन्दा होसियार थिई । आफ्नो पतिलाई कुनै सर–सल्लाह दिन खोज्दा सल्लाह नमानेर उल्टै उसलाई बेसरी तथानाम गाली गर्न पछि पर्दैन्थे । एक दिन यस लेखका लेखक घरबाट दिनको लगभग ८ बजे गाउँको पूर्वतिर डुल्न निस्किएका बेला दुबैजनाको खेतमा झगडा प¥यो र पतिले पत्नीलाई हरजोत्ने बेलामा प्रयोग गर्ने पैना (लौरो) लिएर पिटेर बेहोस पार्ने गरि पिटी हाले । यस्ता घटना एउटा÷दुईटा मात्र होइन, धेरै छन् ।

अर्कोतिर गाउँकै एउटा गरिब परिबारकै पुरूषको बिहाबारी भएपछि दुईटा सन्तान समेत जन्म लिए पछि उसले बिदेश जाने इच्छा जाहिर गरे । पत्नी पनि गरिबीका कारणले सहजै स्वीकार गरिन । एक वर्ष । दुई वर्ष यस्तै कैयाँै वर्षको विदेशमा कमाएको पैसाबाट गाउँमा केही जमीनपनि खरिद ग¥यो । पतिले आफ्नो पत्नीलाई निकै माया प्रेम गर्दथ्यो । पत्नीले एक दिन जग्गा जमीन तथा घरघडेरी मेरै नाउँमा नम्बरी दर्ता गरि दिने प्रस्ताव राखी । पति पनि किन बढी सोच्नु, शतप्रतिशत उसको कुरामा विश्वास गरेर सारा जमीन र घडेरी पत्नीको नाममा नामसारी गरि आफु विदेश तिर पलायन भयो । केही दिन पछि उताबाट घर फर्कदा यता उसको पत्नी छोराछोरीलाई छाडि एउटा अर्कै पुरूषसँग भागी सकेकी थिई । पुरूष मान्छेलाई कस्तो हाल भएको होला, विचारणीय पक्ष रहेको छ । समाज तथा सरकारी स्तरबाट महिलाको प्रतारण मात्र हेर्न सकेका छन् । पुरूष महिलाबाट प्रताडित हुँदा कसैको नजर गएको हुदैँन । यस्तै हेर्दा पति–पत्नीको छोडपत्रमा दुवैको उतिकै हात रहेको हुन्छ । मेरो निर्धन छिमेकीका पत्नी छोडेर गई सकी । उ विचरा एकलै जीवन विताउन बाध्य भयो । त्यस्तै एउटा पत्नीलाई पतिले छाडेर अर्की पत्नी ल्याइ हालेको देख्दाका भन्दा को कम आँकन सकिएन । नारीवादी लेखक लेखिका यसलाई स्वीकार गर्न आनाकानी गरेपनि घटनाहरु सत्य हुन् । नगरदेखि गाउँसम्म यस्ता हजारौँ घटनाहरूबाट महिला मात्र होइन, पुरूष समेत प्रताडित भइरहेका हुन्छन् । सरकारबाट नारी आयोग बनाएर नारीलाई सुरक्षा गर्न खोजिएको छ । यति मात्र होइन सरकारी जागिरमा समेत उसको कोटा छुट्याइएको छ । अन्य कोटामा समेत महिलाहरू भर्न पाएकै छन् । यि त महिलाको यातना तथा सुविधाको कुरो भयो तर पुरूषहरूकालागि यस्ता कोटा तथा आयोग हुने कि नहुने ! निस्कर्षमा भन्न सकिन्छ कि एउटा बुवा–आमाबाट जन्मेका छोराछोरीमा कहिँ कतै भेद हुनुहुँदैन । यी दुबै एउटा समाज रूपी गाडीका दुईटा पांग्रा हुन ।

एउटा पांग्रा बिग्रियो भने गाडी चल्न सक्दैन । यस्तै परिवार रूपी गाडी चल्न सक्दैन । यसमा अभिभावक, सामाजिक अगुवा, राजनीतिक कार्यकर्ता, शिक्षक तथा सरकारको भुमिकामा निर्भर हुन्छ । छोराछोरी दुबै सन्तान बराबरी का हकदार हुन् । यी दुबैलाई कस्तो संस्कार दिने अभिभावक तथा सरकारमाथि निर्भर हुन्छ । अस्तु । –लेखक जनसंख्या तथा समाजशास्त्र विज्ञ हुनुहुन्छ ।

Comment


Related News

Latest News

Trending News