२०७८ जेष्ठ २०, बिहीबार १६:३१

विश्वव्यापी कोरोना महामारीका कारण सरकारले लामो समय देखि लगाएको निषेधाज्ञाले अस्तव्यस्त भएको नागरिकहरुलाई मिल्स एरिया युवा कमिटिले साथ दिएको छ ।

जहा एकातिर जनप्रतिनिधीहरु नागरिकहरुको हालखवर पनि सोध्ने कोहि देखिएको छैन त्यहि मिल्स एरिया कमिटिले जनकपुरधाम ११ जानकीपटीमा ५१ जनालाई राहत वितरण गरेको छ । विहिवार कमिटिका अध्यक्ष रंजित कुमार साह र वार्ड नं ११ का अध्यक्ष रामचन्द्र साहले जानकी पटीका गरिव तथा विपन्न ५१ जना परिवारलाई राहतका समाग्री वितरण गरेको हो । कमिटिले छठ पुजाको आयोजनामा संकलन भएको बाँकी रकम, कमिटीसदस्य र मिल्स एरियाका समाजीक अभियन्ताहरुबाट रकम संकलन गरि निषेधाज्ञामा पिडीत वनेका गरिव तथा विपन्न परिवारहरुलाई राहत वितरण गरेको जनाइएको छ ।कमिटिका अध्यक्ष रंजित कुमार साहका अनुसार यस्तो विकराल घडिमा कुनै निकायबाट सहयोग नआएपछि कमिटिले आफै पहल गरि गरिव तथा विपन्न अवस्था हेरेर राहत समाग्री वितरण गरेको वताए ।

राहत समाग्रीहरुमा १७ वटा समाग्री मध्ये ५ किलो चामल,२ किलो दाल,३ किलो आलु,२ किलो प्याज,२ किलो आटा,आधा लिटर तेल,आधा किलो सोयाविन,नुन,धनिया,वेसार,खुर्सानी,सेनिटाइजर,मास्क,लुगाधुने सावुन,नुहाउने सावुन,चाउचाउ,विस्कुट लगायतको समाग्री रहेको कमिटिका संस्थापक अध्यक्ष अर्जुन चौधरीले जानकारि दिए । त्यस्तै, वडाअध्यक्ष रामचन्द्र साहले कमिटीले गरेको राहत वितरण कार्य सराहनिय रहेको बताउनुभयो । कमिटीले बिगतको दिनहरुमा पनि सामाजिक कार्यहरुमा उल्लेखनिय सहयोग गर्दै आएकोले धन्यवाद व्यक्त गर्नुभयो ।

राहत वितरण कार्यक्रममा कमिटिका प्रतिनिधीहरु लगायत वडाका विशिष्ठ व्यक्ति, समाजसेवी र युवाहरुको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News