अपडेट 
२०७८ जेष्ठ २०, बिहीबार १६:४०

विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालयले नेपालमा अल्फा, डेल्टा र काप्पाबाहेक कोरोना भाइरसको नयाँ प्रजाति नभेटिएको जनाएको छ।

बरु नेपालमा व्यापकरुपमा डेल्टा प्रजाति फैलिएको डब्लुएचओले जनाएको छ । वेलायतको डेलि मेलको बिहीबारको संस्करणमा नेपालमा कोरोना भाइरसको नयाँ ‘नेपाल भेरियन्ट’ देखिएको र त्यो यूरोपमा फैलने जोखिम रहेको भनी समाचार प्रकाशन भएको थियो। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले पनि अहिलेसम्म ‘नेपाल भेरियन्ट’ भनी पुष्टि नभएको र यस्तो अवस्थामा यस्तो समाचारको पछाडि नलाग्न आग्रह गरे। उनले भने ‘ नेपालमै कोरोनाको भेरियन्टको उत्पत्ति भएकोबारे कहीँकतैबाट पुष्टि भएको छैन। अहिलेसम्म नेपालमा भेटिएको भेरियन्टबारे कसैले पनि अध्ययन गरेको पनि छैन।‘ यस्तै प्रवक्ता पौडेलले यसको यथार्थबारे बेलायतको स्वास्थ्य नियामक निकाय (आइएचआर)लाई पत्र लेखिएको र जवाफको प्रतीक्षामा रहेको बताए।

Comment


Related News

Latest News

Trending News