अपडेट 
२०७८ जेष्ठ २२, शनिबार १६:४०

पछिल्लो २४ घण्टामा धनुषामा शनिवार ९६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले उपलव्ध गराएको तथ्यांक अनुसार शुक्रवार सम्म धनुषामा कोराना संक्रमीतको संख्या १५६६ रहेकोमा शनिवार ९६ थप भएको छ भने हाल सम्म सक्रिय संक्रमीतको संख्या १५६० रहेको छ भने आज धनुषामा निको हुनेमा १०१ जना रहेको तथ्यांकले देखाएको छ । त्यसैगरि आज धनुषामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाको तथ्यांकमा उल्लेख छ । शनिवार २२३ जना ले पिसिआर परिक्षण गराएकोमा ९६ जनाको रिर्पोट पोजेटिभ आएको तथ्यांकमा उल्लेख छ। धनुषामा मृत्यु हुनेमा कमला नगरपालीका वार्ड नं ४ बस्ने ६५ वर्षिय एक पुरुष रहेको छ भने उनको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।धनुषामा संक्रमीत मध्ये १४४८ जना होम आइसोलेसनमा उपचार गराईरहेको छ भने समान्य उपचारमा रहेका संख्या ८० रहेको छ ।त्यस्तै आइसीयुमा उपचाररत संक्रमीतको संख्या २९ रहेको छ भने भेन्टिलेटरमा उपचारतको संख्या ३ रहेको छ । धनुषामा हालसम्म कोरोनाका कारण मृत्यु भएको संख्या ८६ रहेको छ ।

धनुषामा स्वास्थ पुर्वाधार अन्तरगत ३८ वटा अस्पतालले सेवा दिदै आएकोमा जम्म बेडको संख्या ६१७ रहेको छ । त्यस्तै आइसीयुको संख्या ८३ रहेकोमा भेण्टीलेटरको संख्या २१ रहेको प्राप्त तथ्यांकमा उल्लेख रहेको छ ।

Comment


Related News

Latest News

Trending News