अपडेट 
२०७८ जेष्ठ २४, सोमबार ११:४४

संसद विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ ।

सर्वोच्च अदालतले संवैधानिक इजलासको पेशी सोमबारका लागि नतोकेकाले सुनुवाइ हुनेछैन । संवैधानिक इजलास नबस्नुको कारण भने खुलेको छैन । यद्यपि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अस्वस्थ भएको अपुष्ट सूचनाहरु सार्वजनिक भइरहेका छन् । तर स्वास्थ्यमा कस्तो खालको समस्या हो भन्ने थाहा हुन सकेको छैन । संसद विघटन सम्बन्धी मुद्दा हेर्न प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।

Comment


Related News

Latest News

Trending News