२०७८ जेष्ठ २४, सोमबार १५:३०

जनता समाजवादी पार्टी महन्थपक्षका प्रदेश नं २ का सांसदहरुले प्रदेशसभाको वैठक वहिष्कार गरेका छन ।

आइतवार रातीमा जसपाका उपेन्द्रपक्षले आफुखुसी चारवटा मन्त्रीलाई वरखास्त गरेपछि त्यसैको मौन विरोध जनाउदै सोमवार दिउसो २ बजे वस्ने प्रदेश नं २ को प्रदेशसभा वैठक वहिष्कार गरेको बुझीएको छ ।जनता समाजवादी पार्टीका संसदीय दलका नेता जितेन्द्र सोनलले मधेश आवाजसंग कुराकानी गर्दै आइतवार रात्री भएको घटना विषयमा आफनो कुनै टिप्पणी नरहेको वताउदै आज वस्ने भनिएको वैठकमा आफुहरु सहभागी नहुने वताए ।यता मन्त्री पदबाट वरखास्त गरिएको समाचार आएपछि आजै विहान सांसद जितेन्द्र सोनलले प्रदेशले उपलव्ध गराएको सवै सुविधा छोडेका थिए ।

Comment


Related News

Latest News

Trending News