अपडेट 
२०७८ जेष्ठ २५, मंगलवार ०७:३४

भारतको महाराष्ट्र राज्यको पुणे सहरमा रहेको एउटा केमिकल कारखानामा आगलागी हुँदा कम्तीमा १८ जना मजदुरको ज्यान गएको छ ।

हिजो बेलुकी भएको आगलागीमा अझै केही कामदार हराइरहेका बीबीसीले जनाएको छ । आगलागी सुरु हुँदा कारखानामा ३७ मजदुर काम गरिरहेका थिए । हराएका मजदुरहरुको खोजी भइरहेको भारतको फायर ब्रिगेड विभागलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आगलागीको कारण अझै थाहा हुन सकेको छैन । यसैबीच भारतकै पश्चिम बङ्गालका तीनवटा जिल्लामा चट्याङ्ग लागेर कम्तीमा २३ जनाको ज्यान गएको छ । अरु केही घाइते भएका छन् । हुगलीमा १० जना, मुर्सिदाबादमा नौ जना, हाबडा र पश्चिम मोदिनीपुरमा २/२ जनाको ज्यान गएको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुवै घटनाप्रति दु:ख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेहरुका लागि ५० हजारका दरले राहत उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

Comment


Related News

Latest News

Trending News