अपडेट 
२०७८ जेष्ठ २५, मंगलवार ०७:५३

दुईदिनपहिले ओली सरकारकानिवर्तमान परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पदबाट हट्ने बित्तिकै मन्त्री क्वार्टर छाडे र आफ्नो कार्यकालमाभएको खर्चको हिसाबदिँदै आफ्नो निजीसम्पत्तिमा फरक नपरेको भनेर ट्विट गरे । ओलीक्याम्पमाप्रदिप ज्ञवाली शालीन र व्यावहारपटु नेता मानिन्छन् । मिहिनबोली र कसैको चित्तदुखाउननचाहने । उनको यसकार्यको चौतर्फी प्रशंसापनिहुँदैछ । एउटा पत्रिकाले यस समाचारको शिर्षक लगायो — ‘शालीनमन्त्रीको स्मरणीय कार्यकाल’ । समग्रमा नेताप्रदिप ज्ञवालीको यस ट्विटबाट उनीव्यक्तिगतस्तरमाइमानदार र नैतिकभएको देखाउनखोजेको अर्थ लाग्छ । यसै शैलीमाप्रदेशनम्बर दुईमाप्रदेशसरकारले राजपा घटकका चारजनामन्त्रीलाई बर्खास्त गरेको भोलीपल्टै मन्त्रीजितेन्द्र सोनलदुईवटा सुटकेस सहितमोटरसाइकलमामन्त्री क्वार्टरबाट बाहिरिँदै गरेको तस्वीर सामाजिक सञ्जालमा देखिएको छ ।

बर्खास्त मन्त्रीले दुईवटा सूटकेस सहितमन्त्री क्वार्टर छाडेको देखाउनखोज्नेले उनि नैतिक र इमान्दार छन् भन्नखोजेको हो । जनता समाजवादी पार्टीभित्रको राजपा घटकका प्रदेशमावरिष्ठ नेताजितेन्द्र सोनलपनिप्रदिप ज्ञवाली जस्तै शालीन र व्यवहारपटु नेता मानिन्छन् । मन्त्रीहरु सरकारबाट बाहिरिँदातत्कालै मन्त्री क्वार्टर छाडनु र आर्थिक पारदर्शिता प्रस्तुतगर्नु राम्रै हो । यसलाई सकारात्मक परम्पराको सुरुआतमान्नु पर्छ । तर यतिमात्रले के उनिहरु नैतिक र इमान्दार छन् भन्ने मान्नसकिन्छ कुर्सी जसरीपनिआफ्नो कब्जामा राख्ने उद्देश्यले दुई दुई पटक संसद विघटन गरिँदापनि, त्यसको समर्थन जनाएर मतियार बने ज्ञवाली । त्यसरी नै परराष्ट्रमन्त्रीको रुपमाउनको कार्यकालको समिक्षागर्दाभारतीयशासनको कब्जामा रहेको नेपालीभूभाग नेपालको नक्सामा सामेल गर्नसक्नु उनको कार्यकालको उल्लेखनियकार्य रह्यो भने, त्यसलाई पाठ्रयपुस्तकमा सामेल गर्नबाट रोक लगाउनु तथा यस विषयलाई दृढतापूर्वक उठाउन नसक्नु उनको कमजोरी देखियो । यसैगरी नेपाली राजनीतिमाखुलेआमभारतीयतथाअन्यकूटनैतिक हस्तक्षेप विरुद्ध दृढतापूर्वक उभिननसक्नुपनिउनको कार्यकार्यको कमजोर पक्ष रह्यो । निश्चय नै ओलीसरकारमाप्रधानमन्त्रीमात्र निर्णायक छन् । त्यसतै भन्न सकिन्छ, नेपाली राजनीतिमा त भारतीयबहुआयामिक हस्तक्षेप ओली सरकारमामात्रै होइन, अरु सरकारमापनित्यस्तै हुने गर्छ ! कुन सरकार यस आरोपबाट मुक्त छ ? यो तर्क ठिक हो ।

तर यदि ज्ञवालीलेपनि यसै परम्परालाई निरन्तरता दिन्छन् भने उनिआफू राजनैतिकरुपमाइमान्दार भएको देखाउनपाउँदैनन् नि ! यस्तोमा उनले हिसाबदेखाएर आर्थिकस्तरमाआफू पारदर्शी र इमान्दार रहेको देखाउनखोज्नुको अर्थ रहँदैन नि ! त्यसै गरी नेता सोनललाई लिउँ । उनको व्यक्तिगत् निजीव्यवहार र इमान्दारिताले उनका निकटका वा पार्टीगत् नेतातथाकार्यकर्ताहरु प्रभावितहुनु, उनलाई इमान्दार ठान्नु एउटा कुरा भयो । तर जनस्तरमाउनको राजनैतिककार्यकालमाउनको भूमिकातथा सार्वजनिकव्यवहारले नै उनको जनप्रतिबद्धता तथा राजनैतिक नैतिकतातथाइमान्दारिताको मूल्याङकनगर्नुपछ । पार्टी मधेशको मुद्दाबाट विचलितभएपनि, पार्टीकाशीर्ष नेतृत्वहरु पार्टीकाकार्यकर्ताभन्दानिजी स्वार्थ र नातागोतालाई बढी प्रश्रय दिँदातथाप्रदेश सरकारमै मन्त्रीहरुमाथी भ्रष्टाचार र कमीसनखोरीकाखुलाआरोपलाग्दापनिउनको मौनता र सरकारलाई समर्थनले उनको राजनीतिक नैतिकता तथा इमान्दारितामाथी प्रश्नचिन्ह उठ्छ नै । त्यसो त आफ्नो क्षेत्रमा बढी बजेट लगेको, आफ्ना निकटस्थलाई योजना बाँडेको तथागरेकाकामहरुको कमजोर गुणस्तरियतातथाआर्थिक अनियमितताको आरोप त उनिमाथीपनिलागेकै हो । प्रश्न उठ्छ, यस्तो आरोप सोनललाई मात्रै होइननि ! अरु नेतामाथीपनि त छ ? राजनीतिर कर्मचारीतन्त्रपूर्णतःव्यापारमा परिणत भइसकेको छ, यस्मा इमान्दारिताबचाउनु सहज छैन, भनेरनेताहरुले गम्भीरतापूर्वकभाषण गर्नेगर्छन् ।

ज्ञवाली र सोनलले पनि यस्ता भाषण गरेको तपाँईले सुनेको हुनुपर्छ । प्रश्न उठ्छ, यस्तो हो भने तपाँई त्यस संरचनाभित्र के गर्दै हुनुहुन्छ ? वर्तमान राजनीतिक संरचनामा नैतिकता र इमान्दारी खोज्नु भनेको गधाको टाउकोमासिङ्गखोज्नु जस्तै हो । त्यसैले प्रश्न ज्ञवाली र सोनलमात्रैको पनिहोइन । यस स्नानगृहमा सबै नाङ्गा छन् । जहाँसम्म राजनैतिक नैतिकता र र इमान्दारीको प्रश्न छ, यस्का दुईवटा आधार हुने गर्छ । पहिलो जनताप्रतिको प्रतिबद्धता र अर्को सम्बद्ध राजनीतिकदलहरुको राजनीतिक वैचारिक लाइन । हरेक राजनीतिक पार्टी जनताप्रति प्रतिबद्ध हुन्छन् भन्ने छैन । पूँजीवादीविचारबाट प्रेरित राजनीतिकदलहरुको प्रतिबद्धता नाफाअर्थात पूँजीपतिको पक्षमाहुने गर्छ । त्यसैले यसखालका पार्टीहरुले जनहितको जतिसुकै रागअलापेपनिउसको उद्देश्यपूँजीवादी समाजनिर्माण नै हुनेगर्छ । अहिले हाम्रो देशको राजनीतिक संरचनामापूँजीपतिहरुको हितप्रधान रहेको देखिन्छ, जतिसुकै जनताको गुणगान गरेपनि ।यहाँ थरी थरी नाम राखेका तरचरित्रगत् रुपमा समान र पूँजीपतियअनुग्रहको लालसा राखेकासंसदिय राजनीतिकदलहरु छन् । यो पूँजीको जालो यतिकस्सिलो छ कि राज्यका सबै तन्तुहरु त्यहीँगएर टुङ्गिने गर्छ ।पूँजीवादी अर्थशास्त्री र प्रचारकहरुले यस्तो चस्मा बाँडेका छन् किविकासको स्तरमा जस्तोसुकै र जतिकामभएपनिजनताले त्यसैलाई विकास मान्नथालेका छन् । बजेटको अधिकांश हिस्सा नेतादेखी ठेकेदार र कर्मचारीतन्त्रकोगोजामा जान्छ र बचेको न्यून रकमबाट नैसडक होस, बिजलीहोस, नालाहोस, सिँचाई होस, निर्माण वामर्मत सम्भारको कामहुनेगर्छ । स्वाभाविक छ, यस्ता कामहरुको गुणस्तर कमजोर हुनेछ । यो निरन्तर हुने चलनहो र थाकेको जनताले यसैलाई विकास ठान्छ ।

कदाचितकुनै नेताले झोँकचलेर केही बढी काम गराई दियो भने ऊ विकासपुरुष, इमान्दार र जनप्रियमादरिन पुग्छ । कुनै नेताको लोकप्रियताको अर्को मापदण्ड पार्टीको कार्यकर्ता तथाआफ्ना निकटको मानिसहरुलाई बढीभन्दा बढी योजना र बजेट दिलाएर खुशीपार्नसक्नु पनिहो । बढीभन्दा बढी योजनार बजेट जानुको मतलबहो बढीभन्दा बढी कमीसन र बचत । यस्तो अवसर पाएको खुशीहुँदैन होला र यस्तो अवसर दिलाउने कसलाई प्यारो हुँदैन होला? यिनै अनुगृहितमनुवाहरु हुन् जस्ले नेताजीहरुलाई लोकप्रिय र इमान्दार प्रचारित गर्छन् । कदाचितकोहीव्यक्तिगत्स्तरमाइमान्दार छ भने पहिले त उसले बजेट पाउनु नै गाह्रो हुन्छ । कदाचित बजेट पायो तर उसले कमीसनदिनमानेन र इमान्दारीपूर्वक काम गराउँनखोज्छभने उसकोआफ्नै कार्यकर्ताहरु र निकटस्थहरु ऊबाट रिसाउँछ । यस्तापनि नेता

Comment


Related News

Latest News

Trending News