अपडेट 
२०७८ जेष्ठ २५, मंगलवार १६:५२

देशभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ ।

गत २४ घण्टामा एक सय ८ जनाको मृत्यु भएसँगै मृतकको संख्या ८ हजार ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  मन्त्रालयका अनुसार यो अवधिमा ५ हजार १ सय ५३ जना संक्रमित थपिएका छन्। १२ हजार ६५ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ८ सय ७० र ५ हजार ६ सय ११ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा ६ हजार ५ सय ७० जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ।

Comment


Related News

Latest News

Trending News