अपडेट 
२०७८ जेष्ठ २६, बुधबार १३:१०

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ प्रारम्भ भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा स्वास्थ्यमा समस्या आएपछि सुनुवाइ बुधबारका लागि तय भएको थियो प्रधानन्यायाधीशको अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ। प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाइ सुरु गरेर हेर्दाहेर्दैमा सोमबारका लागि राखिएको थियो। प्रधान्यायाधीश राणाको स्वास्थ्यमा समस्या आएपछि सुनुवाइ बुधबारका लागि तय भएको हो । इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ प्रारम्भ हुन सकेको छैन। संवैधानिक इजलासका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईमाथि सरकारी पक्षका वकिलहरुले प्रश्न उठाएपछि हेर्दाहेर्दैमा इजलास स्थगित भएको थियो ।

संवैधानिक इजलासबाट सरकारी वकिलले प्रश्न उठाएका दुई न्यायाधीश नहट्ने भएका छन् । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपक कुमार कार्की नहट्ने भएका हु्न् । आजको इजलास सुरु हुनेबित्तिकै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार गठन भएकै इजलासलाई निरन्तरता दिने जानकारी गराउनुभएको हो ।

Comment


Related News

Latest News

Trending News