२०७८ जेष्ठ २७, बिहीबार ०७:२३

प्रदेश २ को सरकारमा नेपाली काँग्रेसका तीन जना मन्त्री बनेका छन् ।

संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा सरकारमा सहभागि मन्त्रीहरुले बुधबार राती दश बजे सपथग्रहण गरे । सत्तारुढ जनता समाजवादी पार्टी(जसपा)र नेपाली काँग्रेसबीच दिउँसो २ बुंदे सहमति भएपछि मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिमण्डल बिस्तार गरे । काँग्रेसबाट दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री, ओमप्रकाश शर्मा उर्जा, सिंचाई तथा खानेपानी र वीरेन्द्र प्रसाद सिंह युवा, खेलकुद तथा महिला बालबालिका मन्त्री भएका छन् । प्रदेश प्रमुख राजेश झॉअहिराज’ले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराए ।उनकै निजी सचिवालय परिसरमा आयोजित सपथग्रहणमा मुख्यमन्त्री राउत,प्रदेश सभामुख सरोजकुमार यादव, मन्त्रीहरु लगायत प्रदेश सरकारका अधिकारीहरुको उपस्थिति रहेको थियो । निर्धारित समय भन्दा झण्डै साढे २ घण्टा ढिला मन्त्रीहरुको सपथग्रहण भएको थियो ।मुख्यमन्त्री राउतले माओवादी केन्द्रलाई सरकारमा सहभागि गराउन गरेको प्रयास मन्त्रालयको बाँडफाँडमा असफल भएपछि काँग्रेसबाट मात्र मन्त्रीको सपथ गराइएको थियो । सत्तारुढ जसपामा विवाद भएपछि मुख्यमन्त्री राउतले महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्रीहरु सुरेश मण्डल, अभिराम शर्मा र डिम्पल झालाई गत आइतवार बर्खास्त गरेका थिए ।

काँग्रेसकै मन्त्रीहरुबीच पनि मन्त्रालयको विषयमा विवाद भएको थियो ।भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्री बनेका यादवले राखेको सिंचाईलाई शर्माले माथिल्लो नेताबाट फोन गराएर खोसेका थिए ।मुख्यमन्त्री राउत निवासमा शर्माले काठमाण्डुबाट दिलाएको दवाव सबैले सुनेका थिए ।शर्माका लागि आएको फोनले नेता यादवपनि चुप लागेका थिए । सरकारको नीति तथा कार्यक्रम शुक्रवार दिउँसो ३ बजे र बजेट असार १ गते मंगलवार प्रदेश सभामा प्रस्तुत हुने कार्यक्रम छ । नवनियुक्त मन्त्रीहरुले मैथिली र भोजपुरी भाषामा सपथ लिन चाहेका थिए ।तर प्रदेश प्रमुख झाले नेपाली बाहेकको भाषामा सपथग्रहण बिहिवार मात्र हुन सक्ने भनेपछि मन्त्रीहरुले नेपाली भाषामा नै सपथग्रहण गर्न राजी भएका थिए । माओवादी केन्द्रबाट दुई जना मन्त्री र एकजना राज्यमन्त्री राख्ने सहमति भएपनि मन्त्रालयको विषयमा कुरा अड्किएको छ ।माओवादीले काँग्रेसको भागमा परेको उर्जा, सिंचाई र खानेपानी मन्त्रालय चाहेका छन् ।कानुन तथा प्रदेश सभा मामिला मन्त्रालय लिन सहमत भएपनि विज्ञानप्रबिधि, वातावरण, वाणिज्य तथा आपूर्ती मन्त्रालयमा माओवादीले चासो देखाएको छैन् । माओवादीपनि चाँडै सरकारमा सहभागि हुने आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले जनाए ।उनले मन्त्रीहरु नियुक्त भएपनि राज्यमन्त्रीहरु सहमति अनुसार पछि नियुक्त गरिने बताए ।

Comment


Related News

Latest News

Trending News