प्रदेश २ सरकारका गौरवका योजना ‘वेटी पढाउँ, बेटी बचाउँ’ अन्र्तगत लोकसेवा आयोगको तयारी कक्षा जारी रहेको छ ।
विभिन्न ६ वटा जिल्लाका करिव २४० जना छात्राहरुलाई सो तयारी कक्षामा सहभागि गरिएको छ । सप्तरीको राजविराजमा श्री कोशे अनिरुद्ध विद्यालय राजविराजमा, रौतहटको गौरका श्री गौरीशंकर यादव क्याम्पसमा सर्लाही र रौतहटका तथा पर्साको विरगंजका श्री त्रिजुद्ध मावि विरगंजमा प्रत्येक केन्द्रमा ४० खरिदार र ४० जना नायव सुव्वाको छात्राहरुलाई निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरिएको हो । गत बैशाख ५ गते देखि शुरु भएको सो तालिम विरगंजमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतल, प्रमुख सचिवको अध्यक्षता लगायत पर्साका प्रमुख जिल्ला अधिकारी, विरगंज महानगरपालिकाका प्रमुख सहितको सहभागिता र कौटिल्य इन्सटिच्युट अफ पि एस टि एस सी को चेयर म्यान सुमित कुमार ठाकुरको विशेष आतिथ्यमा शुभारम्भ गरिएको थियो ।
साथै सो कार्यक्रममा कौटिल्य इन्सटिच्युटका प्रमुख सल्लाहका शाखा अधिकृत विशोरी शरण यादवको पनि उपस्थिति रहेको थियो । सोहि मितिवाट अरु बाँकी २ वटै केन्द्रमा क्रमशः रौतहटमा प्रजिअ इन्द्रदेव यादवद्वारा उदघाटन तथा राजविराजमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका शाखा अधिकृति सुरेन्द्र कर्ण कौटिल्यका सदस्य नरेश झा आयोजकद्वारा कक्षा शुरु भएको थियो । बैशाख ५ गते वाट शुरु भएको कक्षा भौतिक रुपमा कौटिल्य इन्सटिच्युट अफविएससी/ टिएससी (केआईपीटी)द्वारा संचालित निःशुल्क लोकसेवा परीक्षा तयारी कक्षा नेपाल सरकारको सीसीएमसीको बैशाख १२ को निर्णय तथा स्थानीय प्रशासनको निषेधाज्ञाका कारण बैशाख १९ वाट भौतिक रुपमा स्थगित भई पुनः मुख्यमन्त्री तथा मन्त्रिपरिषदको प्रमुख सचिव स्तरीय निर्णय अनुसार अनलाइन भिजुवल जुम मिटिङ्गवाट पुनः बैशाख २४ गतेवाट सम्पूर्ण विद्यार्थीहरुलाई अहिले सम्म निरन्तर प्रत्येक दिन ४ सेसनको दरले ८ घण्टा सम्म कक्षा संचालन गर्दै आई रहेको कौटिल्य इन्टिच्युटको चेयरम्यान समितकुमार ठाकुरले जानकारी दिएका छन् ।


