अपडेट 
२०७८ जेष्ठ २८, शुक्रबार ११:१२

भारतमा कोरोना संक्रमितको आँकडामा कमीको सिलसिला जारी छ ।

बिहिबार भारतमा ९१,२११ जनामा कोरोना संक्रमण देखिएको छ । १ लाख ३३ हजार ५९८ संक्रमित निको भए र ३,४०१ को मृत्यु भयो । यो लगातार चौथो दिन हो जब नयाँ संक्रमितको संख्या एक लाखभन्दा कम भेटिएको छ । अघिल्लो दिन ४५,५४२ सक्रिय संक्रमितको संख्यामा पनि कमी देखियो । यसमा गिरावटको सिलसिला करिब एक महिनादेखि जारी छ । अघिल्लो पटक १२ मे मा यसमा ६,३९९ को वृद्धि देखिएको थियो । हाल भारतमा ११ लाख १९ हजार ९२८ बिरामीको उपचार चलिरहेको छ । ९ मे मा यो आँकडा ३७ लाख ४१ हजार ३०२ को पीकमा थियो ।

Comment


Related News

Latest News

Trending News