२०७८ जेष्ठ २८, शुक्रबार १५:२४

धनुषामा पोखरीमा डुबेर ५ जना बालिकाको मृत्यु भएको छ । जिल्लाको मुखियापट्टि मुसहरनीया ६ स्थित लक्ष्मीपुरमा खेतमा निर्माण गरिएको पोखरीमा डुबेर ५ बालिकाको मृत्यु भएको हो ।  स्थानीय हुलास यादवले निर्माण गरेको ९ फिट गहिरो पोखरीमा नुहाउने क्रममा ५ बालिका डुबेका हुन् ।

मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीय छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्दाकुमारी भगत, राजगिर पूर्वेकी १३ वर्षीय छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी नातिनी १२ वर्षीय चादँनी ठाकुर र उत्तिम साह तेलीकी १२ वर्षीय छोरी ललिता साह तेली रहेका छन् । पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको धनुषा प्रहरीले जानकारी दिएको छ । बालिकाहरूको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । उनले भने– ‘हामीलाई खबर प्राप्त हुनासाथ प्रहरी परिचालन गरेको थियौं तर त्यहाँ पुग्दा ५ बालिकाको मृत्यु भैसकेको थियो । अहिले उनीहरुको शव निकालेका छौं, २ जना अझै बेपत्ता छन्, उनीहरु पोखरीबाट गाउँ गए वा पोखरीमै डुबेका छन्, यकिन हुन सकेको छैन ।’

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार मिश्रको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरी उपरीक्षक रानाभाटले बताए । अहिले बेपत्ताहरुको खोजी कार्य जारी रहेको समेत उनले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News