२०७८ जेष्ठ २९, शनिबार ०८:५१

जनता समाजवादी पार्टी(जसपा)का महन्थ ठाकुर–राजेन्द्र महतो समुह र उपेन्द्र यादव समुहका लागि शनिवार र आइतवार निर्णायक रहनेछ ।

ठाकुर, महतो, लक्ष्मण लाल कर्ण र सर्वेन्द्र शुक्ललाई पार्टीबाट निष्कासन गरेको यादव समुहले निर्वाचन आयोगमा दर्ता गराएको बहुमत सहितको निर्णयलाई चुनौती दिन ठाकुर–महतो समुहले पाएको सात दिने समयको अन्तिम दुई दिन बाँकी रहेको छ । ठाकुर–महतो समुहले यादवलाई पार्टीबाट निष्कासन गरेको बहुमतको निर्णय निर्वाचन आयोगमा शुक्रवार सम्म बुझाउन सकेको छैन् ।तर उनीहरुले शुक्रवार रातीदेखि नै जसपा कार्यकारिणी समितिका सदस्यहरुको हस्ताक्षर गराउन सबै ताकत लगाएका छन् । ‘कार्यकारिणी समितिका सदस्यहरुलाई प्रभावित गर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत कयौं शक्ति केन्द्रहरु सकृय छन्’ एकजना सदस्यले भने, राजकिसोर यादवलाई प्रधानमन्त्रीले मन्त्री बनाउनुको कारणपनि त्यै हो । उच्च स्रोतका अनुसार जसपा संघीय परिषदका अध्यक्ष बाबुराम भटट्राइ निकटका कार्यकारिणी सदस्यहरुलाई प्रभावितपार्न ठाकुर–महतो समुह लागिपरेका छन् ।तराई मधेशका कार्यकारिणी समिति सदस्यहरु हल्लिने संभावना कमजोर देखेपछि सो समुहले भट्टराई समर्थितलाइ आर्थिक प्रलोभनमा पार्न प्रयासरत्त रहेको स्रोतको दावी छ । आइतवार सम्म ठाकुर– महतो समुहले आयोगमा बहुमत सदस्यहरुको हस्ताक्षर बुझाउन नसके यादव समुहले गरेको निष्कासनको कार्वाही सदर हुनेछ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले महन्थ ठाकुरले कार्वाही गरेको निर्णयको प्रतिलिपि शुक्रवार सम्म नआएको बताए ।उनले मागेको समय आइतवार सम्म रहेकाले त्यो दिन बुझाउन सक्ने प्रवक्ता श्रेष्ठले जनाए । ठाकुर समुहले यादवलाई निष्कासन गरेको बहुमतको निर्णय आयोगमा प्रस्तुत गर्न नसके यादव समुहले बहुमत सहित गरेको निर्णयलाई नै मान्यता दिइनेछ ।त्यसो भए जसपाबाट ठाकुर, महतो, कर्ण र शुक्ल बाहिरिने छ ।ठाकुर निकट एक सदस्यका अनुसार आयोगको निर्णयलाई अल्झाउन किर्ते भएपनि बहुमत सदस्यको हस्ताक्षर सहितको माइन्युट बुझाउने तयारी भइसकेको छ ।

Comment


Related News