विश्वव्यापी कोरोना महामारीका कारण सरकारले लामो समय देखि लगाएको निषेधाज्ञाले अस्तव्यस्त भएको नागरिकहरुलाई मिल्स एरिया युवा कमिटिले दोस्रो चरणमा पनि सहयोग प्रदान गरेको छ ।
स्थानियतहले लकडाउन प्रभावितहरुलाई सहयोग गर्न नसकेको समयमा मिल्स एरिया कमिटिले जनकपुरधाम ११ जानकीपटीमा दोस्रो चरणमा ६१ जना घर परिवारलाई राहत वितरण गरेको छ । शनिवार कमिटिका अध्यक्ष रंजित कुमार साह र वार्ड नं ११ का अध्यक्ष रामचन्द्र साहले जानकी पटीका गरिव तथा विपन्न ६१ जना परिवारलाई राहतका समाग्री वितरण गरेको हो । कमिटीसदस्य र मिल्स एरियाका समाजीक अभियन्ताहरुबाट रकम संकलन गरि निषेधाज्ञामा पिडीत वनेका गरिव तथा विपन्न परिवारहरुलाई दोस्रो चरणमा पनि थप ६१ जनालाई राहत वितरण गरेको जनाइएको छ ।कमिटिका अध्यक्ष रंजित कुमार साहका अनुसार यस्तो विकराल घडिमा कुनै निकायबाट सहयोग नआएपछि कमिटिले आफै पहल गरि गरिव तथा विपन्न अवस्था हेरेर राहत समाग्री वितरण गरेको वताए ।
राहत समाग्रीहरुमा १२ वटा समाग्री मध्ये ५ किलो चामल,आटा २ किलो ,दाल एक किलो,नुन एक किलो,आलु तीन किलो,प्याज एक किलो,मसला एक पेकेट(धनीया,खुर्सानी,बेसार),स्वावीन आधाकिलो,मास्क पाच पिस,सावुन लुगा धुने १ पिस,चाउचाउ एक पैकेट र विस्कुट एक पैेकेट लगायतको समाग्री रहेको कमिटिका संस्थापक अध्यक्ष अर्जुन चौधरीले जानकारि दिए । त्यस्तै, वडाअध्यक्ष रामचन्द्र साहले कमिटीले गरेको राहत वितरण कार्य सराहनिय रहेको बताए । कमिटीले यसभन्दा पहिले विहिवार ५१ जना गरिव तथा विपन्नहरुलाई राहत वितरण गरेका थिए ।
राहत वितरण कार्यक्रममा कमिटिका प्रतिनिधीहरु लगायत वडाका विशिष्ठ व्यक्ति, समाजसेवी र युवाहरुको उपस्थिती रहेको थियो ।



