२०७८ जेष्ठ ३०, आईतवार ०७:३०

जनकपुरधाम । प्राकृतिक प्रकोप तथा विपत व्यवस्थापनमा उद्धारको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले अभ्यास गरेका छन् ।

जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरी गंगा सागरमा तीनै निकायका करिव ५ सय सुरक्षाकर्मीले दैविक प्रकोपका वेला डुवानमा परेका व्यक्ति वा सामुदायलाई कसरी उद्धार गरि जीवनको रक्षा गर्ने लगायतका सिप सम्बन्धि अभ्यास गरेका हुन् । मनसुन हुनु अभाव जिल्ला दैविक प्रकोप विपत व्यवस्थापन समितिद्वारा आयोजना गरिएको उक्त अभ्यास कार्यक्रममा नेपाल प्रहरीको १ सय १०, सशस्त्री प्रहरीका १सय १५ र २ सय ५० नेपाली सेनाका टोलिले संयुक्त अभ्यास गरेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणाभाटले जानकारी दिए ।

Comment


Related News