कलैया । सिम्रौनगढ नगरपालिकास्थित स्वास्थ्य कार्यालयलाई स्वास्थ्य समाग्री बितरण गरिएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति बाराका संगठन बिभाग प्रमुख शम्भु बहादुर बुढाथोकीले सो स्वास्थ्य समाग्री हस्तान्तरण गरेका थिए । कोभिड १९ बाट नागरिकको ज्यान जोगाउनका लागि सो स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै संगठन प्रमुख बुढाथोकीले मानव सेवा नै ठुलो सेवा हो भने भवनाका साथ नागरिकको जीवन नगुमोस भने अभिप्रायका साथ स्वास्थ्य समाग्रीहरु स्वास्थ्य शाखाका प्रमुख डा. राजेन्द्र प्रसाद साहलाई हस्तान्तरण गरेका उनले बताए । नगरप्रमुख बिजयशंकर यादवले स्वास्थ्य समाग्री प्रदान गरि सिम्रौनगढको नागरिकलाई कोरोनाबाट बच्नका लागि सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । त्यसै गरि नेपाली काँग्रेस बाराका जिल्ला कोषअध्यक्ष एवम कोभिड १९ का जिल्ला संयोजक चन्द्रशेखर यादवले गत बर्ष पनि नेपाली काँग्रेस पार्टीले ४० लाख ७५ हजार नगद मुख्यमन्त्री प्रदेश २ सरकारको खातामा जम्मा गरेको स्मरण गर्दै यो बर्ष पनि मानव सेवामा सर्मित भई नागरिकको जीवन जोगाउनका लागि बारा निर्वाचन क्षेत्र नम्बर १ नेपाली काँग्रेसको सहयोग रहेको बताए ।
नेपाली काँग्रेस सिम्रौनगढ नगरपालिकाका नगरसभापति नागेन्द्र साह कानुको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सदस्य मोहन कुसवाहा, रामचन्द्र जसवाल, पदम बहादुर भंण्डारी, नेपाली काँग्रेसका महासमिति सदस्यद्वय उपेन्द्र जसवाल, रामनरेश कान्त कुसवाहा, निजगढ उधोग बाणिज्य संधका अध्यक्ष रामकृष्ण नेपाल, सिम्रौनगढका कोषाध्यक्ष लालबाबु कुसवाहा, निजगढ नगरपालिका नेपाली काँग्रेसका नगरसभापति महेसी कुवर, पत्रकार रामेश्वर मेहता, उमेश सुनार लगायत प्रहरी, कर्मचारी, समाजिक संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । माक्स ५ हजार पिस स्यानिटाईजर २० लिटर,, थर्मल गन २ पिस, पिपीसेट, ४ पिस, थमरोमिटर ५ पिस, एननाईटी माक्स ३० पिस, फेससिल २० थान, गलोभ्स ३ सय पिस, पल्स अक्सीमिटर २ पिस,अक्सीफलो मेसिन १ थान लगायतका समाग्ी प्रदान गरेका थिए । त्यसैगरि निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, आदृश कोतवाल गाउँपालिका, बारागढी गाउँपालिकामा गरि करिब १७ लाख बराबरको स्वास्थ्य समाग्री प्रदान गरि बुढाथोकीले रचानात्कम काम गरेका हुन् ।


