गौर । रौतहटको दुर्गा भगवती गाउँपालिक २ भलोहियामा अति विपन्न परिवारलाइ खाद्यान्न सामग्री वितरण गरिएको छ ।
पत्रकारिता पेशामा सक्रिय रहेका युवा जितेन्द्र कुमार दासले कोभिड १९ को कारण समस्यामा परेका ५ जनालाई निजि स्रोतबाट राहत स्वरुप खाद्यान्न सामग्री सहयोग गरेका हुन् । भलोहिया निवासी दासले डेढ महिना सम्मको लक डाउनको कारण समस्या भएको परिवारलाई पहिचान गरि भए सम्मको राहत सहयोग गरेको छ । दासले दलित बस्ति भएको टोलका स्थानीय दसरथ महतो , हरि दास ,बंसी महतो ,किशोरी पाण्डे र विनोद मण्डलका परिवारलाइ १५ किलो चामल , २ किलो नुन , १ किलो सोयाविन , १ किलो दाल , ३ थान नुहाउने साबुन , १ लिटर खाने तेल वितरण गरिएको छ । महामारीको बेला गरिव परिवारलाई आर्थिक समस्या उत्पन्न हुनुको साथै खानेकुराको कठिनाइ भएकोले आफुले केहि राउत पुग्ने उदेश्यले सहयोग गरेको बताए । युवा पत्रकार दासले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । गाउपालिकाको तर्फ बाट कोरोनाको दोस्रो लहरमा केहि सहयोग नगरिएको गुनासो दलित समुदायका व्यक्तिहरुको रहेको छ । पाएको राहत सामग्रीले परिवारलाइ केहि सहयोग पुग्ने उनीहरुले बताएका छन् । ठुल ठुला संघ सस्थाले अहिले सम्म हामी हरुको पिर मर्का बुझ्न नआएको स्थानीय ६० वर्षीय किशोरी पाण्डेले बताए ।
गाउको छोरो भएर गरिव परिवारलाइ संकटको बेला सहयोग गर्ने कार्य गरेको प्रति खुशी व्यक्त गरे । कोरोना महामारीको कारण रोजगारी , दैनिक श्रम समेत प्रभावित भएकोले आर्थिक समस्या झेल्नु पर्ने बाध्यता सृजना भएको भनाइ पाण्डे को रहेको छ । स्थानीय जनप्रतिनिधिहरुले दलित परिवारको भएको दुख पिडा मर्का बुझ्ने प्रयास सम्म पनि नगरेको गुनासो पिडितहरुको रहेको छ ।


