![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/08/Ministry-of-Health-and-Population-1.jpg)
पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । थप ३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् ।