अपडेट 
२०७८ जेष्ठ ३१, सोमबार १५:३०

पछिल्लो २४ घण्टामा धनुषामा सोमवार ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले उपलव्ध गराएको तथ्यांक अनुसार आइतवार सम्म धनुषामा कोराना संक्रमीतको संख्या १२२३ रहेकोमा सोमवार ३८ थप भएको छ भने हाल सम्म सक्रिय संक्रमीतको संख्या ११४९ रहेको छ भने आज धनुषामा निको हुनेमा १११ जना रहेको तथ्यांकले देखाएको छ । त्यसैगरि आज धनुषामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । मृत्युहुनेमा गणेशमान चारनाथ नगरपालिका वार्ड नं २ बस्ने ६८ वर्षिय एक पुरुष रहेको छ भने उनको कोभिड विशेष अस्पताल पोर्ताहा धनुषामा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । सोमवार १२७ जना ले पिसिआर परिक्षण गराएकोमा ३८ जनाको रिर्पोट पोजेटिभ आएको तथ्यांकमा उल्लेख छ ।

धनुषामा संक्रमीत मध्ये १०७४ जना होम आइसोलेसनमा उपचार गराईरहेको छ भने समान्य उपचारमा रहेका संख्या ४४ रहेको छ ।त्यस्तै आइसीयुमा उपचाररत संक्रमीतको संख्या २९ रहेको छ भने भेन्टिलेटरमा उपचारतको संख्या २ रहेको छ । धनुषामा हालसम्म कोरोनाका कारण मृत्यु भएको संख्या ९७ रहेको छ । धनुषामा स्वास्थ पुर्वाधार अन्तरगत ३९ वटा अस्पतालले सेवा दिदै आएकोमा जम्म बेडको संख्या ६३२ रहेको छ । त्यस्तै आइसीयुको संख्या ८३ रहेकोमा भेण्टीलेटरको संख्या २१ रहेको प्राप्त तथ्यांकमा उल्लेख रहेको छ ।

Comment


Related News

Latest News

Trending News