अपडेट 
२०७८ असार २, बुधबार ०६:५१

नेपालमा मनसुन सक्रिय भएको एक साता मै देशव्यापी रुपमा क्षती भएको छ ।

देशव्यापी रूपमा अविरल वर्षा हुँदा बाढी, डुबान र पहिरोले जनधनको क्षति भएको हो । देशको पस्चिमी भेगमा आईतबार देखि निरन्तर वर्षका कारण दर्जनौ स्थानमा पहिरो गएको छ भने दर्जनौ स्थानमा बाढीले वस्तिलाई जोखिम पारेको छ । बाढीले बगाएर तीन जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । बाजुराको बूढीनन्दा नगरपालिकाकी वर्ष ३५ की मोतीकला लोहारलाई बड्डीगाड खोलाले सोमबार राति बगाएकोमा मङ्गलबार शव फेला परेको थियो । बाजुराकै त्रिवेणाी नगरपालिकाका १२ वर्षीय बालक कमल बुढालाई किन्नी खोलाले बगाउँदा बेपत्ता भएका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनु भयो ।

यस्तै गोरखाको स्थानीय खोला तर्न खोज्दा बर्दियाका ३८ बर्षीय गोविन्द चौधरीलाई खोलाले बगाउँदा बाढीले बगाएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । सल्यानमा खहरे खोलाले बगाएको अवस्थामा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । डीएसपी गोविन्द थापाले जानकारी दिनुभयो । दाम्ना गाउँपालिका वडा नम्बर ५ को ठूलो खोलाले बगाएको अवस्थामा ३० वर्षीय गीता खड्काको र दाम्ना–४ का ४५ वर्षीय वीरमान विकको शव खानीखोलाले बगाएको अवस्थामा फेला परेको डीएसपी गोविन्द थापाले जानकारी दिनुभयो ।

हालसम्म मनसुनजन्य प्रकोपका कारण दुई जनाको मृत्यु भएको गृहमन्त्रालयले पुष्टि गरेको छ । अविरल वर्षाका कारण लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेशको चितवनसम्मका बासिन्दा बढिजसो बाढीको चपेटामा परेका गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङलेबताउनु भयो । उहाँका अनुसार, मनाङको चामेमा तीन सय जना र तालगाउँका दुई सय जना गरी पाँच सय स्थानीयवासी बाढीका कारण विस्थापित हुन पुगेका छन् ।

चामेका चार घर पूर्ण रूपमा भत्केका छन् भने पाँचवटा घर डुबाएको छ । बाँकी घर सबै डुबानमा परेका छन् । चामेका विस्थापित परिवारलाई उद्धार गरेर नवनिर्मित जिल्ला कारागारमा सुरक्षित राखिएको छ । ताल गाउँका ६० मध्ये ४८ घरका दुई सय विस्थापित गाउँ छाडेर अलिक माथि डाँडामा नेपाल प्रहरीको चौकीमा बसेका छन्  । मनाङको विद्युत् गृह, पाँचवटा काठेपुल र बेलिब्रिज बाढीले बगाएको छ । यस्तो उर्लेर बाढी आएको पहिलो पटक होला, तहसनहस पारेको छ, उद्धारमा जान छ घण्टा लाग्छ, जान समेत नसकिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनु भयो ।

मस्र्याङ्दी नदी, स्थानीय घट्टेखोला र स्याफ्रुखोलामा आएको बाढीले जिल्ला हुलाक कार्यालय, स्थानीय आमा समूहले बनाएको सामुदायिक भवन, जनता आवास कार्यक्रमअन्तर्गत बनेका घरमा पनि क्षति पु¥याएको छ । लमजुङका केही विद्युत् गृहमा पनि बाढीले क्षति पु–याएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले बाढीबाट एक दर्जनभन्दा बढी घर जोखिममा परेको बताउँदै सडक अवरुद्ध रहेको जानकारी दिनु भयो । सल्यान र पर्सामा बाढी पसेर धान खेत डुबाएको बताईएको छ ।

मंगलबार बेलुका परेको बर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा भीषण बाढी र पहिरो गएको छ । मेलम्ची खोलमा आएको बाढीले मेलम्चीको हेडवर्कस निर्माणमा संलग्न चिनियाँ कामदार बसेको मेलम्चीको ड्यामभन्दा करीब तीनसय मिटर तल रहेको क्याम बगाएको छ । हेलम्बुको एक ट्राउट माछा फार्मकी टिकामाया खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।

हेलम्बुमा माछा फर्मसगै बाढीले केही मानिस बगाएको हुँन सक्ने र उनीहरु सम्पर्कमा नआएकोे सिन्धुपालचोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो । बाढीले हेलम्बुमा पुल केही होटलहरु पनि बगाएका र यस बारेमा अझै के–के क्षति भएको छ भन्ने बारेमा स्थलगत डाटा सङ्कलन भइरहेकोले उहाँले बताउनुभयो ।

बाढी विस्थापित मेलम्ची बजारका बासिन्दा स्थानिय ईन्द्रेश्वरी माध्यामिक विद्यालय, नगरपालिकाको कार्यालय, टार तथा माथिल्लो भेगका जंगलमा गएर बसेका छन्।

Comment


Related News

Latest News

Trending News