अपडेट 
२०७८ असार २, बुधबार ०७:३७

जनकपुरधाम । प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा रोजगारीलाई पनि प्राथमिकता दिएको छ ।

अहिले कोभिड–१९ का कारण बेरोजगारी बढेका छन् । सोही कारण रोजगारीको अवसर सृजना गर्न प्रदेश सरकारले ठूलो रकम विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवले ल्याएको बजेटमा विपन्न परिवारलाई रोजगारीको अवसर सृजना गर्ने कार्यक्रमका लागि ८ करोड रकम विनियोजन गरिएको छ । रोजगार सूचना केन्दं्रलाई व्यवस्थित तुल्याई सरोकारबालाहरुसँग सहकार्य र समन्वयमा गरिबी न्यूनिकबरणका लागि लघु उद्यम विकास कार्यक्रमलाई प्रदेश अनुकुल परिमार्जन गर्ने पनि उनले उल्लेख गरेका छन् । यस्तै कोभिड महामारीका कारण रोजगारी गुमाएका युवाहरुका लागि यूवा स्वरोजगार कार्यक्रममा १५ करोड रकम विनियोजन गरेको गरिएको छ । उद्यमशीलता मार्फत रोजगारीका अवसर सृजना गर्न त २८ करोड ५० लाख विनियोजन गरेको छ । विगत वर्षदेखि सञ्चालनमा रहेको ‘भगत सर्वजीत’ कार्यक्रमलाई अगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ । सो कार्यक्रमका लागि २ करोड ४० लाख रुपैया विनियोजन गरेको मन्त्री यादवले बताए ।

दलित समुदायका महिला तथा यूवाहरुको सीप विकास मार्फत रोजगारी अवसर सृजना गर्न ‘भगत सर्वजीत’ कार्यक्रमलाई निरन्तरता दिएको उनको भनाई छ । यस्तै स्थानीय श्रम, सीप, क्षमता अभिवृद्धि गर्न व्यवसायिक शिक्षा तथा तालिम मार्फत आवश्यक प्राविधिक जनशक्तिको उत्पादन गरी आय आर्जनमा परिचालन गर्न सीप तथा व्यवसायिक तालिम परिषद्का लागि संघ र प्रदेशको सहकार्यमा कार्यक्रम सञ्चालन गर्न पनि बजेट विनियोजन गरिएको मन्त्री यादवले उल्लेख गरेका छन् ।

Comment


Related News

Latest News

Trending News