अपडेट 
२०७८ असार २, बुधबार ०७:४०

जनकपुरधाम । प्रदेश २ सरकारले अगामी आर्थिक वर्षको लागि ३३ अर्व ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले मंगलबार प्रदेश सभामा आर्थिक वर्ष २०७८/०७९ को लागि सो बजेट प्रस्तुत गरेका छन् । कुलको बजेटको चालु तर्फ १५ अर्व ६३ करोड ४७ लाख अर्थात ४६ दशमलव २६ प्रतिशत र पुजि तर्फ १८ अर्व करोड ५ करोड ८० लाख ८३ हजार अर्थात ५३ दशमलव ४४ प्रतिशत र वित्तिय व्यवस्था तर्फ १० करोड अर्थात शुन्य दशमलव ३३ प्रतिशत रहेको छ ।

यस अघि चालु आर्थिक वर्षको प्रदेश सरकारले ३३ अर्व ५६ करोड ९ लाखको वजेट सार्वजनिक गरेको थियो । बजेटमा संघीय सरकारबाट अनुदानबाट १३ अर्व ९० करोड ३४ लाख, राजस्व बाँडफाडको ९ अर्व ५८ करोड ८९ लाख, चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने ६ अर्व २५ करोड गरि ३२ अर्व ७९ करोड १४ लाख ३० र अपुग रकम आन्तरिक ऋण परिचालन गर्ने गरि ३३ अर्व ७९ करोड १४ लाख ३० हजारको बजेट आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सभामा प्रस्तुत गरेका हुन् । प्रदेश २ सरकारले कोरोना भाईरसको महामारीलाई मध्य नजर गर्दै अगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । वजेटमा कोभिड–१९को रोकथाम, नियन्त्रण, स्वास्थ्य उपचार, औषधी तथा अक्सिजन सिलिण्डर खरिदका लागि २० करोड रकम विनियोजन गरेको छ । त्यसैगरि, प्रदेश भित्रका अस्पतालहरुमा मृगौला विरामीको बढ्दो चापलाई ध्यानमा राखेर सरकारले ३५ वटा डायलाईसिस मेसिन खरिदका लागि १२ करोड रकम छुट्टाएको छ । जनकपुरधाम–१४ स्थित मुजेलियामा कोभिड विशेष अस्पताल सञ्चालनको लागि १० करोड,कोरोना महामारीमा स्वास्थ्यकर्मीहरुको अभाव हुन नदिन थप जनशक्तिको लागि आवश्यक बजेट विनियोजन गरिएको छ । त्यसैगरि, प्रादेश अस्पताल जनकपुरमा क्याथ ल्याब, एडभान्स सिटि स्कयान मेसिन, आईसियु, एज आईसीयु उपकरण खरिदका लागि १९ करोड रकम वजेटमा व्यवस्था गरिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्तर उन्नती तथा पर्साको पोखरीया अस्पताल र सप्तरीको भारदह अस्पतालको स्तोरन्नतीको लागि आवश्यक बजेट विनियोजन गरिएको छ । त्यसैगरि, अन्य स्वास्थ्य संस्थाहरुको भौतिक पुर्वाधार तथा सुधारका लागि १६ करोड विनियोजन गरिएको छ । आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सा तथा अनुसन्धान केन्द्र स्थापनाको लागि ४ करोड ३० लाख विनियोजन गरिएको छ । दलित, सिमातन्कृत समुदायका लागि स्वास्थ्य विमाको लागि आवश्यक वजेट विनियोजन गरिने भएको छ । प्रदेश सरकारले प्रत्येक जिल्लामा एक एक नमुना सामुदायिक विद्यालयहरुको भौतिक पुर्वाधार तथा शैक्षिक सुधार गुणस्तर अभिवृद्धिको लागि २४ करोड विनियोजन गरेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुको लागि खेलमैदान निर्माण गर्न ८ करोड, उच्च शिक्षामा अध्ययन गर्ने दलित,आदिवासी मुस्लिम, मधेश आन्दोलनका घाईतेका परिवारका छात्राहरुको लागि छात्रवृति दिन २ करोड रकम विनियोजन गरिएको छ । त्यसैगरि, विद्यालय नर्स कार्यक्रमको प्रदेश सरकारले अगामी आर्थिक वर्षमा निरन्तरता दिदै ३ करोड ५० लाख रकम विनियोजन गरेको छ । कोभिड महामारीका कारण वैदेशिक रोजगारमा फर्केका युवाहरुलाई युवा स्वरोजगार कार्यक्रम मार्फत स्वदेशमै रोजगार अवसर सृर्जना गर्न १५ करोड, उद्यमशिलता कार्यक्रमको मार्फत रोजगारको वातवारण बनाउन २८ करोड ५० लाख, लघु उद्यम कार्यक्रमलाई परिमार्जन गर्दै प्रदेश अनुकुल सञ्चालन गर्न ८ करोड रकम विनियोजन गरिएको छ ।

दलित महिलालाई रोजगारी प्रदान गर्न भगत सर्वजित कार्यक्रमको लागि २ करोड ४० लाख विनियोजन गरिएको छ । महिला बालबालिका युवाहरुको लागि आवश्यक ऐन नियम कानुन तयार गरि महिला सशक्तिकरण लगायतका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । प्रदेश भित्र धार्मिक सांस्कृतिक क्षेत्रको विकासको लागि १६ करोड रकम विनियोजन गरिएको छ । दुध र मासुमा आत्मनिर्भर बनाउन दुध तथा मासु मिसन कार्यक्रमको लागि १३ करोड, दुधमा आधारित फलफुल तथा माछा प्रसोधन उद्योगहरुको सम्भावयता अध्ययनका लागि ४ करोड रकम विनियोजन गरिएको छ । अगामी आर्थिक वर्षमा मुख्यमन्त्री कृषि उत्थान कार्यक्रमलाई निरन्तरता दिदै ५ करोड रकम विनियोजन गरिएको छ । त्यसैगरि, कृषक र उद्यमीलाई कृषि समाग्री ढुवानी, कोल्ड स्टोर निर्माण लगायतका अनुदान दिन १० करोड ८० लाख बजेट विनियोजन गरिएको छ । चुरे क्षेत्रको संरक्षण प्रवद्र्धनमा विशेष जोड दिदै प्रदेश सरकारले अगामी आर्थिक वर्षमा १८ करोड ३६ लाख, सडकका पेटि, सार्वजनिक जग्गाहरुमा वृक्षारोपनको लागि ७ करोड ३८ लाख रकम विनियोजन गरेको छ । जनआन्दोलन, मधेश आन्दोलनहरुमा ज्यान गुमाएका योद्धाहरुको सालिक निर्माणको लागि १ करोड रकम विनियोजन गएिको छ । प्रदेशका पौराणिक, ऐतिहासिक सम्पदाहरुको संरक्षण प्रवद्र्धनका लागि १५ करोड, प्रदेशका पर्यटकिय गन्तव्यहरुको संरक्षण तथा पुर्वाधार विकास सौन्दर्यीकरणको लागि १५ करोड रकम छुट्टाईएको छ ।

हरित प्रदेश तथा स्वच्छ प्रदेश कार्यक्रम अन्तर्गत ६४ वटै प्रादेशिक निर्वाचन क्षेत्रका पार्क निर्माणका लागि १६ करोड,आन्तरिक तथा वाह्य पर्यटकको आकर्षित गर्न तथा पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले फन पार्क निर्माणका लागि १० करोड रकम विनियोजन गरिएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर पक्की सडक निर्माणका लागि ६७ करोड २०,दलित गरिव अवास निर्माणको लागि ८ करोड, महेन्द्रनारायण निधी आवास योजना अन्तर्गत विपन्न नागरिकको आवास निर्माणको २० करोड, मझौला सिचाईका लागि ४१ करोड विनियोजन गरिएको छ । त्यसैगरि, नदि नियन्त्रणको लागि ३० करोड, पालिकाहरुमा सडक ढलानको लागि ६८ करोड, चालु आर्थिक वर्षका अधुरो योजनाहरुको लागि २० करोड, मधेश भवन भित्र सेवाग्राही मैत्रि प्रसाशनिक भवन निर्माणको लागि ५ करोड, मुख्यमन्त्री स्वच्छता अभियानलाई निरन्तता दिदै अगामी आर्थिक वर्षमा ३१ करोड, गणतान्त्रिक योद्धा राजाराम सिंह, गजेन्द्रनारायण सिंह, शहिद दुर्गानन्द झाको सालिक निर्माणमा ६ करोड र प्रजातन्त्र सेनानी देवनायाण यादवको स्मृति पार्कको सौन्दर्यीकरणको लागि २ करोड रमक विनियोजन गरिएको छ । मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रमलाई निरन्तरता दिन २० करोड, दलित छात्रावास निर्माणको लागि ८ करोड, दलित विकास समिति सञ्चालनको लागि २ करोड, मधेश आन्दोलनका शहिद परिवारलाई भरणपोषण तथा भत्ताका लागि १ करोड ७५ लाख विनियोजन गरिएको छ । मिडिया काउन्सिल, आमसञ्चार प्राधिकरण र चलचित्र तथा लोक सञ्चार प्रबद्र्धन वोर्डको लागि ५ करोड, लोक ल्याणकारी विज्ञापनको लागि २ करोड रकम विनियोजन गरिएको छ ।

प्रदेश भित्र शान्ति सुरक्षा चुस्तदुस्त बनाउन तथा प्रहरी चौकीको पुर्वाधार विकासको लागि ७ करोड ३३ लाख र सशस्त्र प्रहरीको कार्यालयहरुको पुर्वाधार विकासको लागि १ करोड ३५ लाख वजेट विनियोजन गरिएको छ ।

Comment


Related News

Latest News

Trending News