अपडेट 
२०७८ असार २, बुधबार १५:२७

पछिल्लो २४ घण्टामा धनुषामा बुधवार २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले उपलव्ध गराएको तथ्यांक अनुसार मंगलवार सम्म धनुषामा कोराना संक्रमीतको संख्या १००५ रहेकोमा बुधवार २२ थप भएको छ भने हाल सम्म सक्रिय संक्रमीतको संख्या ९०७ रहेको छ भने आज धनुषामा निको हुनेमा ११६ जना रहेको तथ्यांकले देखाएको छ । त्यसैगरि आज धनुषामा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । मृत्युहुनेहरुमा मिथिला नगरपालिका वार्ड नं १० लालगढ बस्ने वर्ष ७४ को एक पुरुष,सवैला नगरपालिका वार्ड नं १२ वस्ने वर्ष ६५ का एक पुरुष,क्षीरेश्वरनाथ नगरपालिका वार्ड नं ८ बस्ने वर्ष ६५ को एक पुरुष र जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १४ रजौल बस्ने वर्ष ६० को एक पुरुष रहेका छ भने उनिहरुको क्रमशः रामजानकी अस्पताल,डा.रमण मिश्रको क्लिनिक,र दुइजनाको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । बुधवार ९६ जना ले पिसिआर परिक्षण गराएकोमा २२ जनाको रिर्पोट पोजेटिभ आएको तथ्यांकमा उल्लेख छ ।

धनुषामा संक्रमीत मध्ये ८४८ जना होम आइसोलेसनमा उपचार गराईरहेको छ भने समान्य उपचारमा रहेका संख्या ३९ रहेको छ ।त्यस्तै आइसीयुमा उपचाररत संक्रमीतको संख्या २० रहेको छ भने भेन्टिलेटरमा उपचार गराउने कोहि पनि नरहेको जनाइएको छ । धनुषामा हालसम्म कोरोनाका कारण मृत्यु भएको संख्या १०२ रहेको छ । धनुषामा स्वास्थ पुर्वाधार अन्तरगत ३९ वटा अस्पतालले सेवा दिदै आएकोमा जम्म बेडको संख्या ६३२ रहेको छ । त्यस्तै आइसीयुको संख्या ८३ रहेकोमा भेण्टीलेटरको संख्या २१ रहेको प्राप्त तथ्यांकमा उल्लेख रहेको छ ।

Comment


Related News

Latest News

Trending News