२०७८ असार ३, बिहीबार ०७:३३

जनता समाजवादी पार्टी( जसपा)को कार्वाहीलाई निर्वाचन आयोगले अमान्य गरेपछि अध्यक्ष उपेन्द्र यादवले विहिवार कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।

बैठकका लागि पदाधिकारी र सदस्यहरुलाई पत्राचार गरेको २४ घण्टा नबित्दै अर्का अध्यक्ष महन्थ ठाकुरले त्यो बैठकमा सहभागि नहुन पदाधिकारी र सदस्यहरुलाई आग्रह गरेका छन् । बहुमतले कार्वाहीगरि ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्र शुक्ललाई हटाइएको निर्णयलाई बदरगर्दै आयोगले पुनःसाबिककै पदमा बहाली गरेपछि ठाकुरले बैठकमा सहभागि नहुन आव्हान गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा विश्वासको मत लिने अघिल्लो दिन पदाधिकारीको बैठक वैशाख २६ बसेको थियो ।त्यसपछि पार्टीको कार्यकारिणी समितिको बैठक अथवा पदाधिकारीको बैठक बसाउन ठाकुरले रुची देखाएनन् ।त्यस अघिपनि ठाकुरले केन्द्रिय कार्यकारिणी समितिको बैठक रोक्दै आएका थिए । तर अध्यक्षद्वय यादव र ठाकुरले संयुक्त विज्ञप्ति जारीगरि जेठमा बोलाएको कार्यकारिणी समितिको बैठक ठाकुरले विज्ञप्ति जारीगर्दै रोक्ने प्रयास गरेका थिए ।तर बहुमत सदस्यहरु उपस्थित भएर निर्धारित समयमा नै अ ध्ययक्ष यादवको अध्यक्षतामा बैठक गरेका थिए ।पछिल्लो पटक जेठ १७ गते बसेको बैठकबाट ठाकुर ,महतो, कर्ण र शुक्ललाई कार्वाहीगरि हटाउने निर्णय गरेको थियो ।

बैठकबाट भाग्ने ठाकुर–महतोले संगठनलाई नै ध्वस्त बनाउन लागेपछि कार्वाही गर्नुको बिकल्प नरहेको कार्यालय प्रमुख प्रकाश अधिकारीले जनाए ।‘पार्टीहित विपरित कार्य गर्ने, बैठकमा नआउने, प्रतिगमनलाई काँध थाप्नेलाई बहुमतले गरेको कार्वाही नै मान्य हुन्छ’ उनले भने , निर्वाचन आयोगको निर्णय बदनियतपूर्ण रहेकाले हामी उपचार खोजिरहेका छौ। कार्यकारिणी समितिको बैठकलाई कार्वाहीमा परेका व्यक्तिले स्थगित भएको अथवा त्यसमा नजान प्रचार गरेपनि त्यसले कुनै फरक नपर्ने अधिकारीले बताए ।पार्टीको बिधान अनुसार बोलाइएको बैठकमा कुनै व्यक्तिले नजान भन्दैमा बैठक स्थगित हुँदैन्’ उनले भने, पार्टीको बिधान अनुसार बोलाइएको बैठकमा अधिकांश पदाधिकारी र सदस्यहरुको सहभागिता रहनेछ ।कोभिड– १९को कारण कोही अनुपस्थित भए त्यो बेग्लै विषय हो ’अधिकारीले भने । जसपा कार्यकारिणी समितिमा अल्पमतमा परेका ठाकुर महतो समुहले पार्टी फुटाउने ४०प्रतिशत संख्या पु¥याउन नसक्दा पार्टीलाई विवादमा राख्ने रणनीति बनाएकोछ ।कार्यकारिणी समितिमा बहुमत पु¥याउन १७ जनालाई ठाकुर पक्षले मनोनयन गरेको सार्वजनिक गरेको छ । स्रोतहरुका अनुसार यादव समुहमा ३१ जना छन् ।मन्त्री बनेका कार्यकारिणी सदस्य राजकिसोर यादवसमेत ३ जना तटस्थ रहेकाले ठाकुर पक्षमा १६ जना मात्र छन् ।हाल कायम रहेको संसदीय दल(राष्ट्रिय सभा)मा समेत अल्पमतमा रहेकाले पार्टी फुटाउन सकिरहेको छैन् ।

यादवले बोलाएको बैठकलाई अवैधानिक भन्दै ठाकुरले पार्टीको कुनै बैठक ३ गते नराखिएको विज्ञप्ति जारीगरेपछि सो समुहमा आबद्ध रहेका १६ जना र तटस्थ बसेका राजकिसोर सहितका ३ जना सहभागि नहुने देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा रहेका जसपाका मन्त्रीहरुलाई समेत यादवले सात दिने स्पष्टिकरण सोधेको ३ दिन भएकोछ ।बैठकबाट अध्यक्ष यादवले कार्वाहीको प्रकृया फेरी अगाडी बढाउने, निर्वाचन आयोगको निर्ण बिरुद्ध कानुनी उपचारमा जाने लगायतका रणनीतिहरु बैठकबाट तय गरिने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News