अपडेट 
२०७८ असार ३, बिहीबार १६:५१

पछिल्लो २४ घण्टामा धनुषामा विहिवार ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले उपलव्ध गराएको तथ्यांक अनुसार बुधवार सम्म धनुषामा कोराना संक्रमीतको संख्या ९०७ रहेकोमा विहिवार ८ थप भएको छ भने हाल सम्म सक्रिय संक्रमीतको संख्या ८१४ रहेको छ भने आज धनुषामा निको हुनेमा १०० जना रहेको तथ्यांकले देखाएको छ । त्यसैगरि आज धनुषामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । मृत्युहुनेमा धनौजी गाउपालिका वार्ड नं १ बस्ने ७० बर्षिय एक पुरुष रहेको छ भने उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृतयु भएको जनाइएको छ । विहिवार ४६ जना ले पिसिआर परिक्षण गराएकोमा ८ जनाको रिर्पोट पोजेटिभ आएको तथ्यांकमा उल्लेख छ ।

धनुषामा संक्रमीत मध्ये ७५७ जना होम आइसोलेसनमा उपचार गराईरहेको छ भने समान्य उपचारमा रहेका संख्या ३६ रहेको छ ।त्यस्तै आइसीयुमा उपचाररत संक्रमीतको संख्या २१ रहेको छ भने भेन्टिलेटरमा उपचार गराउने कोहि पनि नरहेको जनाइएको छ । धनुषामा हालसम्म कोरोनाका कारण मृत्यु भएको संख्या १०३ रहेको छ । धनुषामा स्वास्थ पुर्वाधार अन्तरगत ३९ वटा अस्पतालले सेवा दिदै आएकोमा जम्म बेडको संख्या ६३२ रहेको छ । त्यस्तै आइसीयुको संख्या ८३ रहेकोमा भेण्टीलेटरको संख्या २१ रहेको प्राप्त तथ्यांकमा उल्लेख रहेको छ ।

Comment


Related News

Latest News

Trending News