अपडेट 
२०७८ असार ३, बिहीबार १७:२६

नेपालमा बिहीबार थप दुई हजार ६ सय ७ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ७ सय ११ पिसिआर परिक्षणका क्रममा १ हजार ७ सय ६८ र ४ हजार ७ सय ७३ एन्टीजेन परिक्षणका क्रममा ८३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४० हजार ४० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ८ हजार ५ सय ९७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप दुई हजार १ सय ४१ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ५ लाख ४५ हजार ६६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल ६१ हजार ७२५ संक्रिय संक्रमित आइशोलेशन र ४८७ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३२ लाख ४८ हजार १० वटा पिसिआर र १ लाख २८ हजार १५९ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News