अपडेट 
२०७८ असार ४, शुक्रबार ०६:४९

वीरगञ्ज महानगरपालिकाले ‘ब्लड बैंक’ भवन बनाउनका लागि जग्गा सहयोग गरेको छ ।

महानगरपालिकाको स्वामित्वमा रहेको वीरगञ्ज–२ स्थित कित्ता नं २१ र ५६ को जग्गा नेपाल रेडक्रस सोसाईटी पर्सा शाखालाई ब्लड बैंक भवन बनाउनको लागि दिएको हो । नेपाल रेडक्रस सोसाईटी पर्सा शाखा सभापति बिरेन्द्रराज कँडेल र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप निरौलाका बीचमा जग्गा लिने दिने विषयमा बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा महानगरपालिकाले दिएको जमिनमा रेडक्रसले आफ्नै स्रोतबाट भवन बनाउनुपर्ने, भुइँ तला पुरै सार्वजनिक पार्किङका लागि राख्नुपर्ने, पार्किङ शुल्क दुवै पक्षको सहमतिमा निर्धारण हुनुपर्ने, पार्किङबाट उठेको रकम पार्किङ व्यवस्थापन, ब्लड बैंक व्यवस्थापन र सञ्चालन तथा सामाजिक कार्यमा खर्च गर्नुपर्ने, ब्लड बैंक बाहेक अन्य प्रायोजनमा प्रयोग गर्न नपाउने, ब्लड बैंकको भवन प्रायोजन समाप्त भएमा वा सारिएमा भवन र जग्गा स्वतः महानगरको स्वामित्वमा हस्तान्तरण हुने उल्लेख छ । नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाले वीरगञ्जमा ०३४ साल देखि नै रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालन गर्दै आएको छ ।

नारायणी अस्पतालको जमिनमा वीरगञ्ज चिनी कारखनाले रक्तसञ्चार केन्द्रको भवन बनाईदिएको थियो । त्यहिबाट रगतको संकलन, भण्डारण र वितरणको काम हुन्छ ।

Comment


Related News

Latest News

Trending News