गौर । रौतहटको इशनाथ नगरपालिकामा स्थानीय सरकारको बेवास्ता गर्दै गैर सरकारी संस्था मार्फत वितरणमुखी कार्यक्रम संचालन गर्ने कार्य अझ रोकिएको छैन् ।
नगरपालिकाको स्वीकृति लिएर कार्यक्रम संचालन गर्नु पर्ने रहेको प्रावधानलाई माण्डवी नामक संस्थाले वेवास्ता गर्दै वितरणमुखी कार्यक्रम संचालन गर्दै आएको हो । पार्टीगत रुपमा कार्यक्रम संचालन गर्ने गरेकोले नगरपालिकाको स्वीकृति र सहकार्य बिना नै कार्यक्रम संचालनमा रोक लगाउनु पर्ने नगरपालिकाले दिएको उजुरी पछि कार्यक्रम संचालन नगर्न जिल्ला प्रसाशन कार्यलय रौतहटले पत्राचार गर्दा पनि संस्थाका कार्यकारी निर्देशक रहेकी अन्जु झाले वितरणमुखी कार्यक्रमलाई निरन्तरता दिएकी छिन् । आउदो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट नगर प्रमुखको पदमा उम्मेदवारी दिने मनसाय बनाएकी अन्जु झाले संस्थाको आडमा पार्टी कार्यकर्तालाई लक्षित गरेर हैंडपाइप , राहत सामग्री , मोबाइल , वितरण गर्ने गरेको दावी स्थानीयहरुले गरे । समाजसेवा गर्न लागेको भनाइ झा को रहेको छ भने समाजिक संजालमा प्रत्यासीको तयारी गर्ने गरेको समर्थकहरुले गर्दै आएको प्रचारबाट पुष्टि भैरहेको छ । समाजिक संजालमा हुने गरेको प्रचार प्रति झाले कुनै आपति नजनाएकोले उनको मौन समर्थन रहेको बुझिएको छ । माण्डवी संस्थाले रौतहटको इशनाथ , राजपुर नगरपालिका , परोहा नगरपालिका र राजदेवी नगरपालिकामा वासको क्षेत्रमा कार्य गर्दै आएको छ । राजदेवी नगरपालिका ७ मा माण्डवीको सहयोगमा हैण्डपाइप नेपाली काँग्रेसको कार्यकर्ताको घरमा जडान गरिएको छ ।
राजपुर नगरपालिकामा युएन ओमेनको आर्थिक सहयोगमा गरेको कार्यक्रममा त्याहाको नगर प्रमुखलाई सहभागी गराउने तर ईशनाथ नगरपालिकामा कार्यक्रम संचालन गर्दा स्थानीय सरकार संग कुनै किसिमको संलग्नता नगरी कार्यक्रम गर्दै आएको वडा नम्बर ३ का वडा अध्यक्ष राम कैलास राउतको टिप्पणी रहेको छ । स्थानीय वडा नम्बर ६ का वडाध्यक्ष रामेश्वर साहले राजनीतिक या समाजिक कार्यबाट एउटा रोजेर खुल्ला रुपमा आउनु पर्ने सुझाव दिएका छन् । संस्थाको आडमा राजनीतिक गर्नु ठिक नभएको उनको कथन छ । इशनाथ नगरपालिकाका वडा नम्बर ३ , ६ मा छोराको जन्म दिनको अवसर पारेर आफ्नो नीजि स्रोतबाट २०० जनालाई वितरण गरेको राहतको पनि जनता सित भर्पाइ गराउने गरेको इशनाथ नगरपालिकाका नेकपाका नगर अध्यक्ष बब्लु मेहताले दावी गरेका छन् । संस्थाको आडमा झाले विदेशी दात्री निकायलाई धोखा दिनुको साथै नगरपालिकाका निमुख्खा जनतालाई झुक्याउने कार्य गर्दै आएको मेहताले बताए । माण्डवीका कार्यकारी निर्देशकको रुपमा रहेका झाले सार्वजनिक रुपमा अहिले राजनीतिक गर्ने र निर्वाचनमा प्रतिस्पर्धा गर्ने कुनै सोच नरहेको प्रस्ट गरेका छन् ।
आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा झाले इशानाथ नगरपालिकाको छोरी भएको नाताले गरिव , अति विपन्न तथा महिलाहरुको लागि आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्न खोज्न नगरप्रमुख सन्तोष मेहताले अवरोध सृजना गर्ने गरेको जिकिर गरेकी थिइन् । नगरपालिकामा सरकारी तथा गैर सरकारी संघ सस्थाले कार्यक्रम गर्दा कार्यक्रमको बजेट , लक्ष्य ,उदेश्य , लक्षित बर्ग समुदायको विस्तृत विवरण दिएर अनुमति लिनु पर्ने प्रावधान रहेकोमा सस्थाले सो गर्न नचाहेको नगर प्रमुख सन्तोष मेहताको भनाइ रहेको छ भने सहकार्य समन्वय गर्न खोजे पनि गर्न नचाहेको झा को दावी रहेको छ । विगत केहि दिनदेखि उक्त नगरपालिकामा दुवै तर्फबाट एक अर्का माथि आरोप प्रत्यारोप लगाउने होड नै चलेको छ ।


