अपडेट 
२०७८ असार ४, शुक्रबार ०७:२८

मनसुन सुरु भएको पहिलो सातामा देशभर बाढी पहिरोले वितण्डा मच्चाएको छ ।

बितेको ४ दिनको अवधिमा देशभरका विभिन्न ठाउँमा बाढी पहिरोले ठुलो धनजनको क्षती भएको छ । जेठ ३१ गतेदेखि असार ३ गते साँझसम्म देशभरका विभिन्न जिल्लामा गएको बाढी पहिरोमा परेर १५ जनाको मृत्यु, २५ जना बेपत्ता रहेका र ११ जना घाइते भएका छन् । गृह मन्त्रालय मातहतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार अहिलेसम्म ९ जना बाढीमा र ६ जना पहिरोमा परेर १५ जनाको मृत्यु भएको हो । हाल सम्म सिन्धुपाल्चोकमा ३ जना र सप्तरी, काभ्रेपलाञ्चोक, कास्की, अर्घाखाची, गोरखा र बाजुरामा १–१ जनाको बाढीमा परेर र डोटीमा ३ र पाल्पा, कालिकोटमा र जुम्लामा पहिरोमा परेर १–१ जनाको मृत्यु भएको छ । त्यस्तै बाढी र पहिरोमा परेर २५ जना मध्य सिन्धुपाल्चोकमा १५, जाजरकोटमा ७, रुपन्देही, प्यूठान र बाजुरामा १–१ जना बेपत्ता भएका छन् । बाढी पहिरोमा परि सिन्धुपाल्चोकमा ६ जना बाढीमा परेर घाइते भएका छन् भने जुम्ला, डोटीमा २–२ र स्याङजामा १ जना घाइते भएका छन् ।

हाल सम्म देशभर २२ जिल्लामा बाढी, पहिरो र अविरल बर्षाको प्रभाव परेको छ । वर्षका कारण दर्जनौं भौतिक संरचना ध्वस्त भएका छन् भने सयौं घरबार विहिन भएका छन् ।

Comment


Related News

Latest News

Trending News