अपडेट 
२०७८ असार ४, शुक्रबार १७:०८

नेपालमा शुक्रबार थप २ हजार ७ सय ६८ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ५ सय ६९ पिसिआर परिक्षणका क्रममा १ हजार ९ सय ६३ र ५ हजार ४ सय ६८ एन्टीजेन परिक्षणका क्रममा ८०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४२ हजार ८०८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण ८ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ । त्यस्तै थप ४ हजार २० संक्रमित निको हुदा हालसम्म नेपालमा ५ लाख ४९ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् । हाल ५९ हजार ६ सय २४ संक्रमित आइशोलेशन र ४८९ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३२ लाख ५५ हजार ५ सय ७९ वटा पिसिआर र १ लाख ३३ हजार ६२७ वटा एन्टीजेन परिक्षण गरिएको छ ।

Comment


Related News

Latest News

Trending News