कृषि ज्ञान केन्द्र जनकपुरका प्रमुख शंकर साहले मलखाद वितरणमा चरम लापरबाही गरेको खुलेको छ ।
मिथिला बिहारी नगरपालिकाकी उपमेयर अनिता साहले नीति नियम लत्याउँदै १० सहकारीलाई मलखाद उपलब्ध गराउन कृषि ज्ञान केन्द्रमा पत्र पठाएकी थिइन् । सो कुरा मेयर अनिल यादवले थाहा पाएपछि तत्कालै उपमेयरको फर्जी पत्रलाई मान्यता नदिन कृषि ज्ञान केन्द्रका प्रमुख साहलाई जानकारी गराए । तर प्रमुख साहले उपमेयरको पत्रलाई मान्यता दिएर उनी पठाएको सहकारीलाई मलखाद उपलब्ध गराउन लागेका छन् । सो विषयमा बुझ्न मेयर यादव कार्यालय पुग्दा आईतवार केन्द्र प्रमुख साहले दुई घण्टा कार्यालयमा कुर्न लगाए । झण्डै साढे १२ बजे कार्यालय आइपुगेका प्रमुख साह अनेक बहाना बनाएर मेयरको कुरालाई बेवास्ता गरे । मेयर यादवले भने, ‘ तीन सदस्यीय समितिमध्ये दुई सदस्यबाट पनि केन्द्र प्रमुख साहलाई उपमेयरले गरेको सिफारिस विषयमा निर्णय नभएको यथार्त भन्न लगाए । उपमेयरले बाहिर कतै लेटरप्याड बनाएर किर्ते काम गरेकी छन् ।
तर त्यहीँ किर्ते सिफारिस पत्रलाई नै केन्द्र प्रमुख साहले मान्यता दिन्छु भनिरहेका छन् ।’ केन्द्र प्रमुख साहले मेयर यादवलाई भने, ‘भन्नुहुन्छ भने मलखाद सहकारीलाई दिदैनौं । रोकिदिन्छौं ।’ तर मेयर यादवले जवाफ दिए, ‘रोक्न भनेको हैन । मात्र सही ढंगले प्रक्रिया पुर्याएर सहकारीलाई दिनुपर्छ ।’ मलखाद रोक्न पत्र पठाउनु र सो पत्र बाँडेर बदनाम गराउने नियत केन्द्र प्रमुख साहको रहेको छ । नीति नियम पालना गर्ने नियत नदेखिएको मेयर यादवको भनाई छ । केन्द्र प्रमुख साहले आफ् नो नम्बर पनि ब्लक लिस्टमा राखेको मेयर यादवले गुनासो गरे । उनले भने, ‘कार्यालय प्रमुख साहले गाउँपालिकामै झगडा लगाइदिनुभयो । विवाद सुल्झाउन नीति नियम अनुसार गर्न भनेपछि मेरो मोवाइल नम्बर नै ब्लकलिस्टमा राख्नुभयो ।’ यता प्रमुख साहले जानेर नम्बर ब्लकलिस्टमा नराखेको भन्दै अन्यथा नसोच्न अनुरोध गरे । केन्द्र प्रमुख साह भने कार्यालयलाई आफ्नो घर सम्झेका छन् । कहिल्यै समयमा कार्यालय नआउने उनी कमिशन बिना कुनै काम नगर्ने गरेको सेवाग्राही बताउँछन् । यसअघि अनुदानको आलु विउ खरिदमा पनि व्यापक भ्रष्टाचार गरेका थिए ।


