२०७८ असार ७, सोमबार १३:२८

धनुषामा ७ दिन निषेधाज्ञा थप गरिएको छ ।

सोमबार (आज) बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठका बाट आज राती १२ बजेदेखि ७ दिनसम्म लागु हुने गरि निषेधाज्ञा थप गरिने निर्णय गरिएको छ । साथै आवश्यक पसलहरु आब दिउँसो ३ बजेसम्म खोल्न मिल्ने बैठकले निर्णय गरेको छ । साथै निजी सवारी साधन (मोटरसाईकल पनि), टेम्पू, ट्याक्सी आदि जोर बिजोर प्रणाली अनुसार चलाउन सकिने निर्णय गरिएको छ । त्यस्तै, विद्यालयहरुमा भीडभाड हुन नदिई आलोपालो गरी पुस्तकहरु वितरणको व्यवस्था गर्न सकिने जनाईएको छ । सरकारी, अर्ध सरकारी कार्यालय, स्थानीय तह एवं संस्थानहरुले भीडभाड हुन नदिई आलोपालो गरी नियमित सेवा सुचारु गर्ने निर्णय बैठकमा गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले नियमित सेवा सुचारु गर्न भनिएको छ ।

निषेधाज्ञा आदेशको उल्लघंन गर्ने व्यक्ति तथा संस्थालाई कानुन अनुसार कारबाही गरिने जनाईएको छ ।

Comment


Related News