अपडेट 
२०७८ असार ८, मंगलवार १७:३४

नेपालमा मंगलबार थप ४ हजार ५ सय ५४ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको १२ हजार २ सय ४ पिसिआर परिक्षणका क्रममा ३ हजार ७ सय ३ र ४ हजार ७ सय ९ वटा एन्टीजेन परिक्षणका क्रममा थप ८१९ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालका कोरोना संक्रमितको संख्या ६ लाख ५४ हजार ४ सय ७० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४१ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा ८ हजार ८ सय १३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ४ हजार ९ सय ५४ संक्रमित कोरोनामुक्त भएका छन् । नेपालमा हालसम्म ५ लाख ६४ हजार ८८२ जना कोरोनामुक्त भएका छन् । हाल ५२ हजार ६४८ सक्रिय संक्रमित आइशालेशन र ४२५ संक्रमित क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३२ लाख ८८ हजार ५३ वटा पिसिआर र १ लाख ५१ हजार ५९२ वटा एन्टीजेन परिक्षण भएको छ ।

Comment


Related News

Latest News

Trending News