२०७८ असार ९, बुधबार ०७:३१
धनुषाका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई मंगलवार राहत वितरण गरिएको छ ।
कोरोना महामारीका कारण जारी निषेधाज्ञाले समस्यामा परेका उनीहरुलाई राहत वितरण गरिएको हो । निलहिरा समाजको संयोजन र सुनौलो बिहानी समाजको सहकार्य तथा कुशुम पौड्यालको विशेष सहयोगमा राहत वितरण गरिएको जुनु चौधरीले जानकारी दिइन् । उनका अनुसार धनुषाका ३० जना यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई राहत स्वरुप चामल, दाल, तेल, साबुन, मास्क लगायतका सामग्री वितरण गरिएको छ ।


