अपडेट 
२०७८ असार १०, बिहीबार ०७:२४

स्त्री पुरुषका बीचमा यौन सम्बन्धको बैधता पाउनु नै विवाह हो । विवाह एउटा संस्था हो जसले कुनै स्त्री–पुरुषलाई पति पत्नी को प्रमाणपत्र प्रदान गर्दछ । मानिस जंगली अवस्थामा हुँदा अन्य जनावर जस्तै यौन तृष्णा मेटाउने काम गरेको थियो । विवाहको शुरुआत सामाजिक अवस्थाको शुरुआत सँगसँगै भएको देखिन्छ । समाजलाई एउटा सुसंस्कृत समाज बनाउन वैवाहिक प्रक्रियामा पनि सुधार हुँदै आएको देखिन्छ । प्रत्येक समाजमा विवाहलाई एउटा आधारभूत सामजिक संस्थाको रूपमा लिने गरिन्छ । सामाजिक संगठन बलियो हुँदै आएपछि विवाह उपर धर्मको प्रभाव समेत पर्न थाल्यो । विवाहलाई धर्मसँग जोडेर विश्लेषण गर्न थाल्यो । अर्कोतिर औद्योगिक क्रान्ति पूर्वको समय र औद्योगिक क्रान्ति पछिको समयमा विवाहलाई समाजले फरक–फरक रूपमा विश्लेषण गर्न थाले । हिन्दू दर्शनबाट हेर्ने हो भने विवाह एक धार्मिक संस्कार हो जसअनुसार आफ्नो वंशीय परम्परालाई निरन्तरता दिन विवाह गरिन्छ । यस धर्मअनुसार गरिएको विवाहमा लोग्ने–स्वास्नीको सम्बन्ध यसलोकदेखि परलोकसम्म अक्षुण रहन्छ । यस्ता विवाहलाई सम्बन्ध विच्छेद गर्न धर्मले मान्यता दिएको हुँदैन । विवाह भौतिक तथा आध्यात्मिक आवश्यकता पूरा गर्नका लागि गर्ने गरिन्छ । कतिपय धार्मिक अध्येताहरूले विवाहलाई एउटा संस्कारको रूपमा व्याख्या गरेका छन् ।

यिनीहरूका अनुसार विवाह पछि मात्र महिला तथा पुरुषहरू सामाजिक रूपमा पूर्णता पाएको मानिन्छ । व्यक्ति विकास तथा सामाजिक निरन्तरताकालागि विवाह एउटा महत्वपूर्ण सामाजिक तथा धार्मिक संस्था हो । विवाहको विभिन्न परिभाषालाई हेर्दा निष्कर्षमा भन्न सकन्छि कि विवाह एउटा सामाजिक संस्था हो जहाँ महिला र पुरुषलाई यौन सम्बन्ध राख्न, बालबच्चा जन्माउन र हुर्काउन समाजले स्वीकृति प्रदान गरेको हुन्छ । विवाहको किसिमतिर जाँदा मूलतः तीन किसिमका हुन्छन् । ती हुन प्रबन्ध विवाह, प्रेम विवाह र अदालती विवाह । प्रबन्ध विवाहमा त्यस समाजको संस्कृति अनुसार केटा–केटी वैवाहिक उमेरमा आउँदा अभिभावकले प्रबन्ध मिलाई गर्ने विवाह हो । यस्ता विवाहमा केटाकेटीको इच्छा वरणको ठाउँ हुँदैन । प्रेम विवाह भनेको विवाह उमेर पुगेपछि एक–अर्कासँग आकर्षित भई बातचित गर्छन र एकअर्काप्रति आफ्ना प्रेम पोख्न थाल्छन् । अन्तोगत्वा विवाहको प्रस्ताव स्वीकृत भएपछि वैवाहिक सम्बन्धमा बाँधिन्छन । अदालती विवाह भनेको उमेर पुगेका केटा–केटी एक– अर्कासँग आकर्षित भएपछि विवाहको प्रस्तावलाई कानूनी रूप दिएर गर्ने विवाह हो । यी तीनै प्रकारका विवाहलाई हेर्दा हाम्रो संस्कृति, सामाजिक परिवेश र परम्परालाई हेर्दा हाम्रो जस्तो सामाजमा प्रबन्ध विवाहलाई नै सबैभन्दा उच्च मान्यता दिएको देखिन्छ । आजको समयमा यस्ता विवाहलाई पनि वैवाहिक लेन देनको प्रथाले गर्दा विकृत स्थानमा ल्याइ छोडेको देखिन्छ । यस्ता दहेज प्रथालाई उन्मूलन गर्नै पर्दछ अन्यथा यसले अन्य विकृतिलाई जन्म दिनेछन् । कतिपय देशमा विवाहको किसिमलाई पति–पत्नीको संख्याको आधारमा छुट्याउने गरिन्छ । यस अनुसार एकल, बहुपत्नी, बहुपति र समूहगत विवाह रहेका छन् । एकल विवाहमा एउटा पुरुष र स्त्रीको बीचमा वैवाहिक सम्बन्ध कायम हुन्छ ।

यसलाई सबैभन्दा उत्तम विवाह प्रणाली मानिन्छ । राम–सीताको विवाहलाई यसको सबैभन्दा सटीक उदाहरणको रूपमा लि सकिन्छ । नेपाली समाजको सन्र्दभमा प्राय जसो प्रत्येक जात जातिभित्र विवाहको स्वरूप पनि यस्तै हो । यस प्रकारको विवाह बढी स्थायी र पारिवारिक सौहार्दतामा अडिएको हुन्छ । एउटै पुरुषले दुई वा दुईभन्दा बढी महिलासँग वैवाहिक सम्बन्ध कायम गर्ने परम्परालाई वहुपत्नी विवाह भनिन्छ । हाल नेपालको कानून अनुसार यस्ता विवाहलाई अवैध कायम गरेका छ । शास्त्रमा कृष्णको विवाहलाई यस्ता विवाहको उदाहरणभित्र राख्न सकिन्छ । बहुपति विवाहमा एउटा महिलाले एक भन्दा बढी पुरुषसँग वैवाहिक सम्बन्ध कायम गर्ने प्रचलनलाई बहुपतित्व विवाह भनिन्छ । नेपालले यस्तो विवाहमा समेत प्रतिबन्ध लगाएको छ । धार्मिक ग्रन्थ अनुसार यस्तो विवाहको सबैभन्दा उत्तम उदाहरण द्रौपदी र पांडव बीचको विवाहलाई लिन सकिन्छ । हाम्रो हिन्दू दर्शनमा समेत एकल विवाहलाई बढी मान्यता दिएको देखिन्छ । त्यसैले होला राम–सीताको विवाहलाई एउटा मर्यादित विवाहको रूपमा दुनियाले सम्झेका छन् । हाम्रो देशले पनि यस्तै विवाहलाई सबैभन्दा उत्तम विवाह सम्झी अन्य वैवाहिक प्रक्रियालाई कानूनी रूपले प्रतिबन्धित गरेको छ ।

अहिले पश्चिमी देशहरूमा समलिङ्गी, अनुभविक, कागज र प्रेम विवाहको मान्यतालाई अगाडी बढाएर हाम्रो पूर्वीय दर्शनलाई खिल्ली उडाएको देखिन्छ । प्राकृतिक नियमले पनि विवाहको सही अर्थ दुइटा विपरीत लिङ्गी बीचको यौन सम्बन्धलाई वैधता प्रदान गर्नु हो । प्रत्येक जीवजन्तुमा पनि यौन क्रियाको रूप हेर्दा विपरीत लिङ्गी बीचको यौन क्रिया नै देखिन्छ । समलिङ्गी विवाह भनेको समान लिङ्ग भित्रको विवाह हो । यस्ता विवाह प्राकृतिक रूपले पनि अनैतिक मानिन्छ । अनुभविक विवाह भनेको विवाहपूर्व एक अर्काबीचमा यौन सम्बन्ध कायम राखी पछि विवाहको रूप दिने विवाह हो । यस्ता विवाह हाम्रो देशमा पूर्ण निषेधित छ । कागजी विवाह भनेको दुवैले प्रमाण लिने गरि गरिने विवाह हो । प्रेमविवाह भनेको केटा–केटी बीचमा प्रेम बसेपछि गरिने विवाह हो । हाम्रो धर्म–सँस्कृतिमा विवाह भन्दा पहिले यौन सम्बन्धलाई पूर्णतः अनैतिक कार्यको रुपमा लिने गरिन्छ । हाम्रो परम्परामा यस्ता विवाहलाई राक्षसी विवाह भनिन्छ । कतिपय समाज र राष्ट्रले नियम र प्रचलनमा आधारित विवाहलाई मान्यता दिएको देखिन्छ । यसभित्र पर्ने विवाहहरूमा सजातीय (अन्तर्जातीय) विवाह रहेका छन् । हाम्रो समाजले खासगरी सजातीय विवाहलाई स्वीकार गरेको छ । यसमा एकै जातिका केटा–केटीका बीचमा विवाह गरेका हुन्छन् ।

उदाहरणको रूपमा बाहुनले बाहुनसँगै, कुम्हारले कुम्हारै सँग विवाह गर्ने चलन हुन्छ । यस्तै विवाह हाम्रो समाजको परम्परामा आधारित छ । यस्ता विवाहमा जातीय झगडा र बेमेलको स्थिति आउँदैन । यस्ता विवाहले जातीय सम्बन्ध अmभै बलियो बनि रहन्छ । यस्ता विवाह जातीय समूह द्वारा नियन्त्रित भै रहने हुनाले सम्बन्ध विच्छेदको सम्भावना निकै कम हुन्छ । आफ्नो जातीय समूहभन्दा अन्य जातीय समूहसँग विवाह गर्नु भनेको विजातीय (अन्तर्जातीय) विवाह हो । यस विवाहको प्रचार प्रसारमा मूल रूपले आधुनिक सिने जगतको बढी हात छ । यस्ता विवाहबाट हाम्रो परम्परागत धर्म संस्कृतिमा निकै ठूलो धम्का लागेको छ । यस्ता विवाहमा केटाकेटीको बारेमा कुनै पक्षलाई विशेष जानकारी हुँदैन । आजकल नेपाली समाजमा पनि यस्ता विवाहको प्रचलनमा तीव्रता आएको देखिन्छ । गाउँभन्दा शहरमा बसोबास गरेका मानिसहरूमा यस्ता विवाहको प्रचलन बढी देखिन्छ । खासगरी राजनीतिक कार्यकर्ता, राष्ट्रसेवक, शिक्षक जस्ता मानिसहरू यस्ता विवाहलाई बढी प्रयोगमा ल्याएका छन् । आजकलका विद्यार्थीहरू समेत यस्ता विवाहबाट बढी आकर्षित भएको देखिन्छ । यस्ता विवाहले प्रवन्ध विवाह र जातीय विवाहलाई एउटा ठूलो धक्का दिएको छ । यस्ता विवाहले हाम्रो समाजमा रहेका जातीय प्रथालाई छतविछत बनाइ सकेका छन् । हाम्रो धर्म संस्कृतिलाई निकै प्रभावित गरेको छ ।

अहिले वैवाहिक सम्बन्ध भन्दा पहिले नै केटाकेटीको बीचमा रहेका चलन मध्ये व्यायफ्रेन्ड, लिभिङ्ग टुगेदर जस्ता कुराले यस्ता विवाहलाई निकै प्रभावित गर्न थालेका छन् । नेपालमा नागरिकता ऐनमा संशोधन गरी बाबुको ठेगाना नभए पनि वंशजको आधारमा नागरिकता दिने उल्लेख छ । अर्कोतिर नेपालको संविधानको दफा ११ को उपदफा ४ अनुसार बुवा–आमा समेतको ठेगाना नभएको व्यक्तिलाई समेत बंशजका आधारमा नागरिकता प्रदान गर्ने उल्लेख छ । यसबाट विवाहसंगको सम्बन्धलाई खुकुलो बनाएको देखिन्छ । यसले नेपालमा चलिआएको धर्म संस्कृति तथा परम्परालाई निकै तलसम्म भत्काएको देखिन्छ । यस दफाले आमा– बाबु दुवैलाई कुमार÷कुमारी अवस्थामा नै सन्तान लिने अनुमति दिएको देखिन्छ । यस्ता पुरुष तथा महिलामा छाडापन बढ्ने सम्भावनालाई नकार्न सकिँंदैन । जे होस्, विवाह जस्तो संवेदनशील कुरामा निकै सोच–विचार पु¥याई मात्र अगाडि पाइला राख्नु राम्रो देखिन्छ । विवाह भनेको दुई जीवनका एउटा मिश्रित जीवन हो । जीवनमा पति–पत्नीको सम्बन्ध अटुट हुनुपर्छ ।

यदि विवाह गर्दै भत्काउँदै ग¥यो भने यसको ठूलो प्रभाव जन्मिने छोराछोरी माथि पर्न आउँछन् । यस्ता कुराले भोलीको दिनमा खान्दान पता लगाउन समेत अपठयारो पर्न सक्छ । यसबाट पारिवारिक, सामाजिक, सांस्कृतिक, धार्मिक पक्षहरू समेत प्रभावित भइ परम्परादेखि चलिआएको समाज कुन दिशातिर लाग्ने हो, ठेगान भएन । इतिश्री । लेखक जनसंख्या तथा समाजशास्त्रविद् हुनुहुन्छ ।

Comment


Related News

Latest News

Trending News