अपडेट 
२०७८ असार १०, बिहीबार ०७:३१

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ को लागि ६१ करोड २४ लाख ६१ हजारको बजेट पेश गरेको छ ।

क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारले आठौं नगर सभालाई सम्वोधन गर्दै कोभिडको दोस्रो लहरको कारण मुलुक भर निषेधाज्ञा भएको अवस्थामा यो नगरपालिका समेत प्रभावित भएको बताए । तोकिएको समय सिमा भित्रै अगामी आवको बजेट चालु आवको असार १० गते सम्म नगरसभामा पेश गनुपर्ने कानुनी बाध्यता रहेकोले यस्तो विषम परिस्थितिमा समेत निमन्त्रणालाई स्वीकार गरी आफना महत्वपूर्ण समय दिएकोमा कृतज्ञता व्यक्त गरे । साथै कोभिड १९ महामारीका बाबजुद टोल बस्तीस्तर र सरोकारवालाहरुबाट योजना तथा कार्यक्रमहरु प्राप्त गरि वडा समितिबाट योजना तथा कार्यक्रमको प्राथमिकीकरण गरि यस सभाबाट योजना तथा कार्यक्रम छनौट तथा तर्जुमा गर्ने कार्यमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गरे । अगामी आ.व.२०७८÷०७९ को वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्दा बजेट कार्यक्रम तर्जुमा दिग्दर्शनले तोकेको पूर्व निर्धारित समय तालिका, नेपालको संविधान, संघीय सरकारको आवधिक योजना, संघीय सरकारले अवलम्बन गरेको आर्थिक तथा वित्तीय नीतिहरु, प्रदेश सरकारले लिएका आर्थिक एवं वित्तीय नीति, स्थानीय तहको आवधिक योजनाले तय गरेका प्राथमिकता साथै निर्वाचनको क्रममा जारी गरिएको निर्वाचन घोषणापत्र, क्षीरेश्वरनाथ नगरपालिकाले आवश्यक ठानेका विषयहरुलाई आधार तथा मार्गदर्शनको रुपमा लिएको छ ।

कार्यक्रममा नगर प्रमुख पजियारले चालु आर्थिक वर्ष २०७७÷०७८ असार ८ गतेसम्मको समीक्षा प्रस्तुत गर्दै केन्द्र तथा आन्तरिक स्रोतबाट करिब ६७ करोड २७ लाख ५१ हजार नगरपालिकामा आम्दानी प्राप्त भई सो मध्ये नगर क्षेत्रको विकासको लागि हालसम्म ३२ करोड ६५ लाख १० हजार खर्च भएको बताए । सो खर्च मध्ये चालुतर्पm ५ करोड ३१ लाख ६६ हजार र पुजिगततर्पm सामाजिक सुरक्षा तथा अन्य कार्यक्रममा रु २७ करोड ३३ लाख ३४ हजार खर्च भएको छ । कृषि सिँचाई र स्थानिय बजार, दिगो समृद्ध क्षीरेश्वरको आधार भन्ने मुल नारालाई आत्मसाथ गर्दै नगरपालिकाको सवल पक्ष, दुर्वल पक्ष तथा अवसरहरुलाई मध्यनजर गर्दै अगामी आ.व.२०७८÷०७९ को वार्षिक नगर विकासको लागि राजस्व परिचालन एवं श्रोत अभिवृद्धि, आर्थिक विकास सम्बन्धि, पूर्वाधार तथा भौतिक विकास, वातावरण तथा विपद व्यवस्थापन, वितीय व्यवस्थापन सम्बन्धी, सार्वजनिक सेवा एवं सुशासन प्रवद्र्धन, समाजिक विकास सम्बन्धी र जन स्वास्थ्य प्रबद्र्धन सम्बन्धी क्षेत्रगत नीतिहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा उपमेयर रचना माथेमा, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, वडासदस्य, समाजसेवी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News