महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले अगामी आर्थिक बर्षकालागि ६१ करोड बरावरको बजेट सार्वजनिक गरेको छ ।
वुधवार सम्पन्न सातौ नगरसभावाट अगामी आर्थिक बर्ष २०७८÷०७९ को लागी चालु तर्फ २० करोड ५० लाख र पुंजिगत तर्फ २० करोड २७ लाख गरि कुल ४० करोड ७७ लाख ५७ हजारको बटेज प्रस्तुत गरेका छन् । मटिहानी नगरपालिकाले यस नगरक्षेत्रमा बसोबास गर्ने सबै नागरिकको खाध सुरक्षाको प्रत्याभुति गर्नकालागि बजेट छुट्टयाएको छ । कोहि भाकै पर्देैन,कोहि भोकै मर्दैन भन्ने प्रतिबद्धता पुरा गर्न सबै तहका सरकार बिच सहकार्य गर्ने जनाएको छ । नगरपालिका क्षेत्र भित्रका सबै घरपरिवारलाइ आँप लिचिको विरूवा निशुल्क उपलब्ध गराइने जनाएको छ । त्यस्तै यस नपा भित्रका मठ, मंदिर तथा मस्जिदलाइ पर्यटकिय स्थलको रूपमा विकाश गर्ने र एक वडा एक सुन्दर पोखरी र एक पार्क निर्माण गरिने जनाएको छ । सामुदायिक विधालयका कक्षा ११ मा अध्ययनरत छात्राहरूलाइ निशुल्क साइकल वितरण गरिने । स्थानिय मैथिलिभाषाको विकाश, संरक्षण तथा संबद्धनका लागी सामुदायिक विधालयका कक्षा १ देखी ५ सम्मको पाठ् यक्रममा मैथिलि भाषा समाबेश गरि अध्यनन अध्यापन गराउने जनाएको छ ।
कोभिड १९ संकेमणका कारण बाबु वा आमा गुमाएका बालबालिकालाई नगदराहतको व्यवस्था गरिने र प्रत्येक वडातहमा स्वस्थ जाँच(घुम्ती शिबिर )अभियान कार्यक्रम संचालन गरिने जनाएको छ । नगरपालिका भित्रका सबै जेष्ठ नागरिकहरुलाई रेडियो,टर्च र छाता निशुल्क उपलब्ध गराइने तथा मटिहानी न.पा ७ मा निर्माणाधिन खेल मैदानलाइ सुविधा सम्पन्न रंगशालाको रूपमा निर्माण गरिनेछ । सभालाई सम्वोधन गर्दै नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले मटिहनी न.पा.लाइ नमुना एवंम विकाशिल नगरपालिका बनाउन आफु प्रतिबद्ध रहेको बताए ।


