अपडेट 
२०७८ असार १०, बिहीबार ०७:४४

बाराको देवताल गाउँपालिकाको छैठौ नगरसभा बुधबार सम्पन्न भएको छ ।

पालिका अध्यक्ष चन्दन सिंहले उद्घाटन गरेको गाउँसभामा आर्थिक बर्ष ७८/७९ को लागि ३३ करोड ८० लाख ७५ हजारको बजेट वडा नम्बर ४ का वडाध्यक्ष मिश्रीलाल सहनीले प्रस्तुत गरेका थिए । चालु तर्फ ६ करोड ९९ लाख ८५ हजार र पुजीगत तर्फ २६ करोड ८० लाख ९० हजारको बजेट रहेको प्रमुख प्रशासकीय अधिकृत सिकिन्दर साहले जानकारी दिए । बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सिचाई, बाटोघाटो मर्मत, निर्माण, बिजुलीबती जडान, भौतिक निर्माणका अन्य कार्यहरु, मठमन्दिर, मस्जिद निर्माण, मर्मत लगायतका रचानात्मक कामहरु बजेटमा समेटिएको छ । पालिका अध्यक्ष सिंहको अध्यक्षतामा सम्पन्न सो नगरसभामा उपाध्यक्ष रामपति देवी कुसवाहा, वडा नम्बर ७ का वडाध्यक्ष सतेन्द्र यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Comment


Related News

Latest News

Trending News