अपडेट 
२०७८ असार ११, शुक्रबार ०७:३१

सम्सी गाँपालिकाले ३६ करोड ३ लाख ९८ हजार बजेट सार्वजनिक गरेको छ ।

कोभिड–१९ को महामारी नियन्त्रण, स्वास्थ्य सेवा विस्तार, कृषकलाई कृषिमा आत्म निर्भर, खानेपानी आपूर्तिका कार्यक्रम, पर्यटकीय पूर्वाधार विकास, सूचना प्रविधि मैत्री शैक्षिक गुणस्तर सुधार, रोजगारका अवसरको सृजना हुने दिगो, सन्तुलित एवम् समावेशी विकासका अवधारणा बजेटको प्राथमिकतामा राखिएको छ । बिहीबार गाउँसभामा अध्यक्ष शेष फारुखले बजेट प्रस्तुत गर्दै आर्थिक वर्ष २०७८÷७९ का लागि संघीय सरकारबाट बित्तिय समानिकरण अनुदान ११ करोड तथा राजश्व वाडफाडबाट ६ करोड ९० लाख ०३ हजार, सशर्त अनुदान ११ करोड ३७ लाख, प्रदेश सरकारबाट बित्तिय समानिकरन ७५ लाख ७५ हजार तथा सशर्त अनुदान ८० लाख, विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख, राजश्व वाँडफाड ३० लाख, आन्तरिक श्रोत ३४ लाख २० हजार र गत वर्षको मौज्दात अल्या ४ करोड ७ लाख गरी कूल ३६ करोड ३ लाख ९८ हजार रुपैयाको बजेट सार्वजनिक गरेको छ । पालिकाबासीको जिउ ज्यानको संरक्षण गर्नु गाउँपालिकाको प्रमुख दायित्व रहेको जनाउदै सम्सी गाउपालिकाले कोभिड–१९ को महामा महामारी नियन्त्रण प्राथमिकतामा राखेर बजेट ल्याएको अध्यक्ष फारुखले बताए ।

नेपाल सरकारबाट प्राप्त स्वास्थ्यकर्मी, कर्मचारी र वृद्धवृद्धाहरुको लागि कोरोना विरुद्धको खोप प्रयोगमा आइसकेको र भविष्यमा सम्पूर्ण पालिका वासीहरुलाई खोपको व्यवस्था गरिने, मेडिकल उपकरण र दक्ष जनशक्तिको उचित व्यवस्थापन गर्ने भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सम्सीलाई स्तरोन्नती गरी २४ सै घण्टा आधारभूत र आपत्कालीन सेवा प्रदान गर्ने र स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट प्रदान हुने सेवाको दायरा बढाउने नीति सम्सी गाउँपालिकाले लिएको छ । गाउँपालिकाको प्रमुख पेशा कृषि नै रहेको हुँदा कृषि पेशालाई सम्मानजनक पेशाको रुपमा स्थापित गर्न ‘समृद्ध सम्सीको आधार, पशुपालन र अन्नवालीको भण्डार’ नारालाई निरन्तरता दिदै आयआर्जनको दरिलो माध्यम बनाउन कृषि उत्पादन तथा उत्पादकत्व कृषियोग्य भुमिमा साना सिचाईँ योजनाहरु संचालन गरी व्यवसायिक कृषि खेती तथा पशुपालन, दुग्ध संकलन केन्द्र र अत्याधुनिक कृषि बजारको निमार्ण आदि सहित समग्र कृषि विकासका कार्यक्रम समेटिने नीति सम्सी गाउँपालिकाले लिएको छ ।

Comment


Related News

Latest News

Trending News