अपडेट 
२०७८ असार ११, शुक्रबार ०७:३४

धनुषाको नगराइन नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि ४७ करोड १९ लाख ६७ हजार पाँच सय ३२ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

नगराइनमा भएको नगरपालिकाको आठौं नगरसभामा आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो । नगर प्रमुख परमेश्वर यादवको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख रंजु कुमारी साहले आर्थिक वर्ष २०७८/०७९ को लागि ४७ करोड १९ लाख ६७ हजार पाँच सय ३२ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिन् । बजेट प्रस्तुत गर्दै उपप्रमुख साहले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिताका राखेको बताइन् । लगातार दुई वर्षदेखिको कोरोना महामारीले प्रभावित बनेको यो नगरपालिकाको बासिन्दाको जीउधनको रक्षाको अनुभूति हुने योजनाहरु नीति तथा कार्यक्रममा समेटिएको नगरप्रमुख यादवले बताए । नगरप्रमुख यादवका अनुसार नीति तथा कार्यक्रममार्पmत नगरको चौतर्फी विकासको योजनाहरु ल्याएको छ । स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, धार्मिक स्थलको स्तरोन्नती, खानेपानी, वातावरणीय प्रभावको समेत मध्यनजर गरी बजेट ल्याएको नगरप्रमुख यादवले बताए । स्वास्थ्यकर्मी, कर्मचारी र ज्येष्ठ नागरिकको लागि कोरोना विरुद्धको खोप उपलब्ध गराएको बताए । नगरबासीलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने योजना रहेको उनले बताए ।

आवश्यक मेडिकल उपकरण र दक्ष जनशक्तिको उचित व्यवस्थापन गरी गाउँ बासीका स्वास्थ्य अवस्थामा सुधार ल्याउने विषयलाई आ.व. ०७८।०७९ मा प्राथमिकतामा राखिएको अध्यक्ष यादवले बताए । संघीय सरकारले तोकेको समयसीमा भित्रै नगरसभा सम्पन्न गर्न नगराइन नगरपालिकाका जनप्रतिनिधिहरुले सहयोग गरेका छन् । ९ वटा वडा रहेको नगरपालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य एवम् प्रवक्ता सुर्यनारायण साह लगायतले शुभकामना मन्तव्य राखेका थिए । नगरसभामा प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News