अपडेट 
२०७८ असार ११, शुक्रबार ०७:४६

महोत्तरीको मनराशिसवा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि ५० करोड १४ लाख १० हजार ८ सय ४० रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

नगरप्रमुख संजय सिंहको अध्यक्षतामा बिहीबार भएको नगरपालिकाको सातौं नगरसभामा वडा नं. २ का वडाध्यक्ष विनोद कुमार साहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । चालु तर्पm ३२ करोड १८ लाख १० हजार ८ सय ४० रुपैया बजेट विनियोजन गरिएको हो । पुजिगततर्पm १७ करोड ९६ लाख बजेट छुट्टयाएको छ । नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको नगर प्रमुख सिंहले बताए । कोरोना महामारीका कारण समयमा विकास निर्माणको कार्यहरु अगाडी बढाउन नसकिएपनि आउँदो आर्थिक वर्षमा दु्रत गतिमा पालिकाको चौतर्फी विकासका कार्यक्रमहरु अघि बढाउने प्रतिबद्धता नगरप्रमुख सिंहले जनाए । नगरबासीको जीउधनको सुरक्षा गर्ने हाम्रो दायित्व छ, उनले भने–यसको लागि कुनै कसर बाँकी राखिदैन । नगरबासी स्वस्थ भए विकास निर्माण कार्यलाई अघि बढाउन सहज हुने विश्वास व्यक्त गर्दै उनले यसको लागि स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेको बताए । कोभिड विरुद्धको अभियानलाई अघि बढाउन नगरपालिकाको आउँदो आर्थिक वर्षमा पनि विभिन्न कार्यक्रमहरु गर्ने उनले बताए ।

यसको लागि संघीय र प्रदेश सरकारसित समन्वय गरेर अघि बढने नगरप्रमुख सिंहले थपे । कृषि पेशामा निर्भर नगरपालिकाको किसानहरुको समस्यालाई मध्यनजर गरी विभिन्न कार्यक्रमहरु ल्याएको उनले जानकारी दिए । शिक्षा क्षेत्रमा आमुल सुधारको आवश्यक्ता औंल्याउँदै उनले यसको लागि सबैको सहयोग अपरिहार्य रहेको बताए । नगरपालिका भित्र रहेको विद्यालयहरुको स्तरोन्नती गरेर स्तरीय पठनपाठनको लागि हरसम्भव प्रयास गरिने उनको भनाई थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणजित कुमार यादवले शुभकामना मन्तवय व्यक्त गरेका थिए । नगरसभामा जनप्रतिनिधिहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News