अपडेट 
२०७८ असार ११, शुक्रबार ०७:४८

रौतहटको परोहा नगरपालिकाको पाँचौ नगर अधिबेशनको उदघाटन सत्र विहिवार सम्पन्न भएको छ ।

अगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्नु पर्ने प्रावधान अन्तर्गत १० अषाढमा स्थानीय तहहरुले बजेट प्रस्तुत गरेका हुन् । नगर प्रमुख शेख वकिलले नगर पालिकाको विकासका लागि ४४ करोड ७५ लाख ६९ हजार २०६ रुपैयाको नीति कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाको शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकासमा जोड दिने भएका छन् । नगर प्रमुख वकिलले सडक, विद्यालय निर्माण तथा कृषि उत्पादनमा केन्द्रित बजेट प्रस्तुत गरिएको बताए । नगरलाइ स्वच्छ , हरियाली समृद्ध नगर बनाउने उदेश्य भएको प्रस्ट पारेका छन् । सबैको सहयोग र सहकार्यमा विकास निर्माणको कार्य सम्भव हुने भएकोले नगर पालिकाका विकासको लागि सवै निर्वाचित जनप्रतिनिधिहरुले हातेमालो गर्दै अघि बढ्नुमा पर्ने जोड दिएका छन् । विबाद मतभेदले नगरपालिकाको विकासमा नकारात्मक प्रभाव पर्ने भएकोले विकासको प्रतिस्पर्धा गर्नु पर्ने उनले बताए । कार्यक्रममा प्रदेश सभा सदस्य प्रत्यासी रामचन्द्र गिरीले नगरपालिकाका विकासमा सवैको सहयोग हुनु पर्ने सुझाव दिए ।

प्रस्तुत गरिएको नीति कार्यक्रममा चालु तर्फ २४ करोड १३ लाख ३४ हजार २०६ कुल बजेटको ५३ दशमलव ९२ प्रतिशत तथा पुजीगत विकास तर्फ २० करोड ६२ लाख ३५ हजार रुपैयाँ कुल बजेटको ४६ दशमलव ०८ प्रतिशत रकम विनियोजन गरिएको छ । यस्तै राजपुर नगरपालिका , इशनाथ नगरपालिका , माधव नारायण नगरपालिका फतुवा विजयपुर नगरपालिका , मौलापुर नगरपालिकाले पनि नगर सभाको अधिवेशन सम्पन्न गरेको छ ।

Comment


Related News

Latest News

Trending News